जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकारहरूको कार्यक्रममा एसपी कार्कीले एक महिनाको अवधीमा गरेका कार्येका उपलब्धीहरु

पछिल्लाे समाचार

रौतहट, १ मंसिर । रौतहट प्रहरीको कमाण्ड सम्हालेका एसपी रवीन कार्कीको एक महिनाको अवधीमा गरिएका उल्लेखनिय कार्यहरुलाई सोमवार सार्वजनिक गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा एसपी कार्कीले कमाण्ड सम्हालेका एक महिनाको अवधीमा गरेका उपलब्धीहरुलाई पत्रकार सम्मेलनको मार्फत सार्वजनिक गर्दै आफनो भावी नितीलाई समेत प्रस्तुत गरेका हुन् ।

एसपी कार्कीले फैसला कार्यान्वयनको अवस्थामा पक्राउ परेका १० जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएर ४ लाख २४ हजार ६ सय राजस्व असुल गरिएको, जेन–जी आन्दोलनको क्रममा फरार रहेका ९ जना थुनुवा कैदीलाई पक्राउ गरिएको, अन्य प्रतिवादी १४ जना गरी ३३ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

लागुऔषध ओसारपसार तथा सेवनकर्ताहरु गरेर १७ जनालाई पक्राउ गरी कारवाही गरिएको, सीमापारी भारतबाट भन्सार छलेर ३८ लाख २० हजार ३०२ रुपैयाको सामान सहित पाँच जना मानिस र ५ वटा सवारी साधन भन्सार कार्यालय बुझाएको बताए ।

जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरणको लागि अहिले हरेक पालिकाहरुमा सचेतनामुलक कार्यक्रमहरु संचालनमा ल्याएको बताए । जिल्लाभरी सवारी साधन गुडाउने अनुमती सहितका आवश्यक कागजात लिएर संचालन गर्न अन्यथा कानुन बमोजिम दण्ड जरिवाना गरिने हुने भएको हुँदा आवश्यक कागजातहरु बोकेर मात्रै सवारी साधन गुडाउन जनचेतना कार्यक्रमहरु संचालन भएको एसपी कार्कीले भने ।

लागु औषध विरुद्धको अभियान र ट्राफिक व्यवस्थापन सम्बन्धि अभियान लगायतका अन्य अभियानहरु भविष्यमा संचालन गराएर रौतहट जिल्लामा हुने विभिन्न खाले अपराधको घटनाहरुलाई निष्तेज पार्ने कार्यमा प्रहरी अहोरात्र खटिने उनले स्पष्ट पारे ।

उक्त पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकारद्वय प्रभातकुमार झा र संजकुमार मिश्र सहितका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय रौतहटका कमाण्ड सम्हाल्ने जुनसुकै एसपले आफू यो गर्ने, त्यो गर्ने भन्दाभन्दै कुनैपनि सुधान भई त्यसै कार्यमा चुल्लुम्म डुब्ने गरेको बताउदै सार्वजनिक बसमा ग्यालनका ग्यालन अबैध मदिरा चन्द्रपुरबाट गौर सम्म कसरी आईपुग्छ, राजपुरमा लाग्ने भैंसी सहितका पशुचौपाया बजारमा ९५ प्रतिशत भारतबाट कसरी आईपुग्छ, लागुऔषध निगरानीको नाममा कसरी आउने गरेको छ, नेपालमा प्रतिबन्ध रहेका बचवा माछा कसरी हाइवे सम्म पुग्ने गर्दछ यी कार्यहरु माथि अंकुश लगाइएन भने ठूला कार्यहरु कसरी नियन्त्रण गर्न सकिन्छ ।

यस्ता साना साना अपराध हुने स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी इमान्दारी पूर्वक कत्र्तव्यको पालना गर्यो भने नेपालमा अपराध एवं राजस्व छलीका कार्यहरुमाथि अंकुश लगाउन सकिने जस्ता सुझावहरु दिए ।

कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय रौतहटको नयाँ सूचना अधिकारीको रुपमा आउनु भएका डिएसपी विष्णुप्रदिप वस्यालले गरेको थियो ।

spot_img

लोकप्रिय