जमियत उलमा–ए–नेपाल ५१ सदस्य जिल्ला कार्य समिति  पुनर्गठन

पछिल्लाे समाचार

रौतहट, २३ कार्तिक । रौतहट सदरमुकाम गौरमा आईतवार मौलाना शौकत मदनीको अध्यक्षतामा ५१ सदस्यीय जमियत उलमा–ए–नेपाल जिल्ला कार्य समिति  पुनर्गठन भएका छन् ।

गौर नगरपालिका–५ बालमिन्दरको छेउमा रहेका मस्जिदमा आज सम्पन्न भएको अधिवेशनबाट जमियत उलमा–ए–नेपाल रौतहटको अध्यक्षमा सर्वसहमतीबाट मदनीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएका हुन् ।

गठित समितिको उपाध्यक्षमा मौलाना कारी सहाबुद्दिन, महासचिव मौलाना खैरुद्दिन, कोषाध्यक्ष मौलाना साबिर साहब, सह सचिव शेख औजैर आलम र उपसचिव मोहम्मद अनवर हासमी चयन भएको छ ।

आज मुख्य पदाधिकारी चयन मात्रै भएको छ चाँडै जिल्ला कार्य समितिमा चयन गरेर पूर्णता दिइने केन्द्रीय उपाध्यक्ष शफिकु रहमानले बताए ।

अधिवेशनको प्रमुख अतिथिको रुपमा केन्द्रीय महासचिव मौलाना सलाउद्दिन मदनी, केन्द्रीय सदस्यद्वय मुफती समिम र मौलाना सफिकुर रहमानको उपस्थिति रहेको थियो ।

spot_img

लोकप्रिय