रौतहट प्रहरीले अवैध मदिरा भठ्ठीहरु नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोपवाको सहयोगमा अबैध मदिरा संचालन रहेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटेको प्रहरी टोलीले शुक्रबार जिल्लाको विभिन्न स्थानमा रहेको ५ वटा अवैध मदिरा भठ्ठी नष्ट गरेको छ भने ५०० सय लिटर मदिरा बनाउने कच्चा पदार्थ तथा मदिरा बनाउने ४ ड्रम तयारी मदिरा नष्ट गरेको जनाएको छ ।
अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी संचालन गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा छापामारी गरी प्रहरीले घरेलु मदिरा भट्टी फुटाइ स्थानीय जनप्रतिनिधि तथा स्थानीय वासीहरुको रोहबरमा मदिराहरु नष्ट गरेको छ ।

