कात्तिक ६ । ईशनाथ नगरपालिकाले बाढीपीडित राहत सामग्री वितरण गरेको छ । ईशनाथ नगरपालिका वडा नं १ का बाढीपीडित घर परिवारलाई ५० किलोग्राम चामल र ५ किलो दाल दुई किलो खाने तेल ,आलु किलो ,प्याज ५ किलो ,नुन २ किलो वितरण गरिएको छ ।
बुधवार ईशनाथ नगरपालिका वाड नम्बर १ बन्जहरामा आयोजित एक कार्यक्रममा नगर प्रमुख कौश्लया देवीले उक्त राहत सामग्री वितरण गर्नु भएको थियो । बाढी कारण गत आशिन महिना मा बन्जहराका कृषकको अन्नबाली सहितका ७ सय भन्दा बढी खेतमा लगाएको धानको अनबाली बगाएर क्षति पुर्याको थियो ।
आफ्ना खेतीयोग्य जमिन बगरमा परिणत भएपछि स्थानीय बासिन्दा चिन्तित बनेका थिए । नगर क्षेत्र भित्रका नगरबासीको जग्गा, जमिन बगरमा परिणत भएपछि आफू निकै चिन्तित बनेको बताउँदै नगर प्रमुख देवीले थोरै भएपनि पीडित परिवारको आँसु पुछ््न दुखेको मनलाई सान्तोना दिन यो राहत सामग्री वितरण गरेको बताउनु भयो ।
यस्तो राहत सामग्रीले खासै क्षणिक छाक टार्न मात्र हुने भएकाले बाढी प्रभाबित क्षेत्रमा तटबन्धन लगायत कृषि आयआर्जनका कार्यक्रम लागु गर्नको लागि आफु प्रतिवद्ध रहेको पनि नगर प्रमुख देवीले बताउनु भयो ।
सोही राहत वितरण कार्यक्रमा समाजसेवी सुनिल साहले भन्ने देशमा तिन तहको सरकार भएपनि प्रदेश र संघीय सरकारले यसक्षेत्रका बाढीपीडितलाई राहत दिनु पर्ने वास्तविक पीडितले राहत पाउनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
ईशनाथ नगरपालिकाको नगर प्रमुख कौश्लिया देवी राहत स्वरुप चामल ,दाल ,आलु ,प्याज,र तेल पाएपछि पीडित खुशी भएका छन् । ईशनाथ नगरपालिका वाड नम्बर १ बन्जहराको ७ सय घरधुरीलाई राहत वितरण गरिएको नगर प्रमुख देवीले बताईएको छ ।

