रौतहट, ३ कार्तिक । रौतहटको यमुनामाई गाउँपालिका–५ बमनहरस्थित गौर–चपुर सडकखण्डमा प्रहरीले लागुऔषधसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो करिब ४ बजेतिर अ.प्र.पोष्ट बमनहरबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.)को कमाण्डमा खटिएको टोलीले गौरबाट चपुरतर्फ जाँदै गरेको ना.५ ख ५०६३ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा एक महिलाको झोलामा लागुऔषध फेला पारेको हो ।
प्रहरीका अनुसार बसमा सवार म्याग्दी बेनी नगरपालिका–९ फुलचौरकी ६० वर्षीया दिलमाया बि.क.को साथबाट विभिन्न प्रकारका १,४८९ पिस लागुऔषध फेला परेका छन् ।
फेला परेका लागुऔषधको विवरण यसप्रकार छः
१. PHENAGAN – ४९८ पिस (२५ mg)
२. DIAZOPAN – ४९१ पिस
३. NOOPHIN – ४०० पिस
४. BUPRENORPHINE – १०० पिस
ला.औ. सहित पक्राउ परेकी दिलमाया बि.क.लाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थल प्रहरी पोष्ट बमनहरबाट करिब ७ सय मिटर टाढा रहेको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ

