ओम मा.वि नरकटियामा आठ कोठे भवनको नगर प्रमुख सेख वकिल द्रारा उद्घाटन

पछिल्लाे समाचार

रौतहट २६ श्रावण ।। रौतहटको परोहा नगरपालिका–८, नरकटियास्थित श्री ओम माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको दुई तले आठ कोठे पक्की भवनको विधिवत् उद्घाटन समारोह आज एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले विद्यालयको भौतिक संरचना सुदृढीकरणले शिक्षण–अधिगम प्रक्रियामा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयलाई आवश्यक पर्ने अन्य शैक्षिक तथा भौतिक पूर्वाधार क्रमशः उपलब्ध गराउँदै लैजाने प्रतिबद्धता जनाउँदै, भवन निर्माणमा सहयोग पुर्‍याउने सबै निकाय, जनप्रतिनिधि, विद्यालय परिवार र स्थानीयवासीप्रति आभार प्रकट गर्नुभयो। साथै, उहाँले नयाँ भवनको दीगो उपयोग र संरक्षणमा सबैको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।

समारोहमा नेपाली काँग्रेसका युवा नेता मोहम्मद महताब आलम, नेपाली काँग्रेस रौतहट जिल्ला सचिव रामचन्द्र गिरी, परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मोहफुज अहमद, ई. दिपेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक बली गिरी, शिक्षक, नगरपालिकाका वडा अध्यक्षहरू, कर्मचारी, स्थानीयवासी, पत्रकार तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रधानाध्यापक बली गिरीले भवन निर्माणपछि विद्यालयमा अब कक्षा ११ सम्म पठन–पाठन सहज हुने र विद्यार्थीहरूको सिकाइमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरपालिकासहित सहयोगी निकायहरूलाई विद्यालय परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।

स्थानीयवासीहरूले नयाँ भवन निर्माणले विद्यार्थीहरूलाई सुरक्षित, व्यवस्थित र आधुनिक सुविधासहितको अध्ययन वातावरण उपलब्ध गराउने बताएका छन्। साथै, विद्यालय परिसरमा खेल मैदान, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायत थप पूर्वाधार निर्माणको आवश्यकता रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।

नव–निर्मित भवन प्रयोगमा आएपछि विद्यालयले थप विद्यार्थी भर्ना गर्न सक्ने, कक्षा व्यवस्थापनमा सहजता आउने र शिक्षण–अधिगमको गुणस्तरमा प्रत्यक्ष सुधार हुने अपेक्षा गरिएको छ। उद्घाटन समारोह उत्साहपूर्ण र भव्य वातावरणमा सम्पन्न भएको छ

spot_img

लोकप्रिय