नेपाली राष्ट्रिय क्रिकेट टिमका आक्रामक ब्याटर मोहम्मद आदिल आलम काठमाडौँ गोर्खाजमा आबद्ध भएका छन्।
क्याटगोरी ‘ए’ खेलाडी आदिल आलमलाई ८ टिमले अधिकतम मूल्यमा बोली लगाएका थिए। उनी १५ लाखमा काठमाडौंमा आबद्ध भएका हुन्।
हालै मात्रै आइसीसीको निलम्बनबाट फुकुवा भएर पहिलो सिजनको एनपीएल खेल्न लागेका हुन्। ८ वटै टिमले बोली लगाउने आदिल पहिलो खेलाडी बनेका छन्। उनी लक्की ड्र मार्फत काठमाडौंमा पुगेका हुन्

