करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ ।
ईशनाथ नगरपालिका-८ मनसरी बस्ने ५५ वर्षीय सेख जफिरको करेन्ट लागेर आईतबार बेलुका ९:३०बजे मृत्यु भएको हो ।
सोही ठाउँस्थित आफ्नै खेतमा सिँचाइ गर्नका लागि जडान गरेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उपचार गराउन जादै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

