रौतहट प्रहरीको सक्रियता श्रोत नखुलेको नगद रकम सहित भारतीय नागरिक पक्राउ

पछिल्लाे समाचार

रौतहट, २ साउन । नेपाल भारत सीमावर्ती क्षेत्र गौर नगरपालिकाको महादेवपटी क्षेत्रबाट प्रहरीले श्रोत नखुलेको नगद रकम सहित भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा हिजो विहिवार दिउसो १.२० बजेको समयमा गौर नगरपालिका–२ महादेवपटी टोलको बाटोमा चेकजाँच गर्दै आएका प्रहरीले भारतबाट आउदै गरेका पैदल यात्रुको शरीरको खानतलासी गर्दा तिघ्रामा लुकाएर राखेको तीन लाख रुपैया सहित पक्राउ गरिएका थिए ।

भारत विहार राज्यको सीतामढी जिल्ला बैरगनिया नगरपंचायत १३ बाबालाल दास मठ टोलका ४३ बर्षीय महेशकुमारको शरीरबाट तीन लाख बरामद गरिएपछि उक्त रकमको कुनै श्रोत खुलाउन नसकेनन । उक्त रकम हुण्डीको हुने आशंका प्रहरीले गरेका छन् ।

तीन लाख रुपैया सहित महेश कुमार लाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयलाई जिम्मा लगाइएको डिएसपी दिपककुमार रायले जानकारी दिए ।

पछिल्लो समयमा हुण्डी अर्थात श्रोत खुल्न नसकेका रकम लिएर आउनेहरुको संख्यामा वृद्धि हुन थालेपछि प्रहरीले त्यस्ता कारोवारीहरु विरुद्ध अभियान चलाएकै क्रममा तीन लाख सहित पक्राउ गरिएको उनले स्पष्ट पारे ।

spot_img

लोकप्रिय