रौतहटमा चट्याङ बाट एकको मृत्यु

पछिल्लाे समाचार

रौतहट अषाढ १ गते ।। रौतहटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आज बिहान अविरल वर्षासंगै खसेको चट्याङ लागेर चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका -१ जयनगरका ६५ वर्षीय सियाराम साह बानियाँको मृत्युु भएको हो ।

पानी पर्न थालेपछि घर अगाडी बाधेको बाख्रा खोल्न गएका बानियाँको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ८ बजेको समयमा अचानक खसेको चट्याङ लाग्दा बानियाँ गम्भीर घाइते भएका थिए। घाइते बानियाँको उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।

spot_img

लोकप्रिय