रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा उपचारर्थ रहेको बिरामीहरुलाई शनिवार बिहान फलफुल वितरण गरिएको छ।
रौतहट जिल्लामा पहिलो टेलिभिजनको स्थापना गर्ने संचार उधमी स्वर्गीय रामा यादवको जन्म जयन्तीको पुण्य तिथिमा रेड टेलिभिजनका संचालकले फलफुल वितरण गरेका हुन।
जय रामा मिडिया प्रा ली का संचालिका रहेकी रामा यादवको बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो चरणको लहरमा निधन भएको थियो।
२०७७ बैशाख २८ मा अल्प आयुमै संचार उधमी यादवको कोरोना संक्रमण बाट निधन भएपछी उहाको लोग्ने जय प्रकाश यादवले स्वास्थ्य क्षेत्रमा कलम चलाउने महिला पत्रकार मध्ये एक जनालाइ नगद २५ हजार रुपैयाको पुरस्कार दिने भनि रामा यादव स्मृति पत्रकारिता पुरस्कारको समेत घोषणा गरिएका छन जुन प्रत्येक बर्ष बैशाख २८ गते घोषणा गरिदै आएका छन्।
संचार उधमीको लोग्ने सहित २ छोरीले अस्पतालमा उपचार गराई रहेका महिला, पुरुष बिरामीलाइ फलफुल वितरण गरेको छ।
सानै उमेरमा आमा गुमाएकी बालिकाले आखामा आशु लिएर आमाको जन्म जयन्ती मानएकी हुन। धर्म पत्नीको मृत आत्मा ले शान्ति लाउन भनि उदेश्यले प्रत्येक बर्ष जन्म जयन्ती मनाउदै आएको उहाका लोग्ने जय प्रकाश यादवले बताए।
फलफुल वितरण कार्यक्रममा अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष मोहमद शेख अनवर हासमी, चिकित्सक, सहित सन्चारकर्मीहरुको सहभागिता रहेको थियो।