परोहा नगरपालिका वडा नम्वर २ का ६५ बर्षीय शेख मतीनको छिमेकी वडाको मानिसको कुटाईबाट मृत्यु

पछिल्लाे समाचार

रौतहट, २३ चैत । रौतहटको परोहा नगरपालिकामा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ ।
परोहा नगरपालिका वडा नम्वर २ का ६५ बर्षीय शेख मतीनको छिमेकी वडाको मानिसको कुटाईबाट मृत्यु भएको पारिवारीक श्रोतबाट बुझिएको हो ।
रडको कुटाईबाट गम्भीर घाइते भएपछि आज उपचारको लागि काठमाडौं तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारको आफ्नतले बताइएको छ । आफनै टोलमा उभ्भिएका मतिमले विस्तारै मोटरसाइकल कुदाउन भनेपछि भएको सामान्य वादविवाद पछि उत्पन्न असहज परिस्थितिका कारण आवेग शान्त नहुँदा छिमेकी वडाका मानिसले निर्घात कुटपिट गरेका थिए ।
घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपककुमार रायले जानकारी दिदै मतिमलाई कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको हुँदा उनीहरुको खोजी कार्य जारी रहेको बताए ।
श्रोतका अनुसार नगरपालिका वडा नम्वर १ का फजले हक, मोहम्मद जाविर, शेख सकिल, मासुम, शेख नथुनी र रोज मोहम्मदले मिलेर मृतक मतिनलाई कुटपिट गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकको सल्लाहमा मृतक मतिनलाई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रंममा बाटो मै मृत्युु भयो । सोही घटनामा मृतकको छोरा मोजरे आलम र श्रीमती जुबैदा खातुन पनि घाइते भएका थिए । उनिहरुको उपचार चन्द्रनिगाहपुरमा भईरहेको प्रहरीले बताए ।

spot_img

लोकप्रिय