रौतहट प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा गाडेको अवस्थामा फेला

पछिल्लाे समाचार

रौतहट । रौतहटमा मृत फेला परेकी ५० वर्षीय महिलाको मृत्यु करेन्ट लागेर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिहीवार वृन्दाबन नगरपालिका १ स्थित जंगलमा मृत फेला परेकी फूलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेको अनुसार जंगलमा बंदेल मार्न करेन्ट लगाएर थापिएको पासोमा परेर उनको मृत्यु भएको हो । उनले भने, ‘जंगल नजिकै मकैबारी छ, सोही मकैबारीमा बँदेलले दुःख दिएपछि बँदेल मार्नका लागि थापिएको विद्युतीय पासोमा परेर फुलमतियाको मृत्यु भएको हो ।’
पक्राउ परेकाहरुले दिएको बयान अनुसार बँदेल मार्न थापिएको पासोमा परेर मृत्यु भएको खुल्न आएको प्रहरी उपरीक्षक दिलिप घिमिरेले एक पत्रकार समेलन खुलाएका हुन । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वृन्दावान नगरपालिका १ निवासी सुशिल विक र जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुबैजनामाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान सुरु गरिएको रौतहट प्रहरीले जनाएको छ । नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा फुलमतिया देबीको शव फेला परेको थियो ।

उनी गत १४ गते आफ्नो घरबाट बेपत्ता भएकी थिइन् । बेपत्ताको आठौँ दिनपछि उनको शव फेला परेको हो । प्रहरीमा उजुरी आएपछि प्रदेस बाट तालिम प्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा गाडेको अवस्थामा फेला परेको थियो ।

spot_img

लोकप्रिय