सुशासन विरोधी रहेको भन्दै मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सुझावः नेपाली कांग्रेस प्रचार प्रमुख गुप्ता

पछिल्लाे समाचार

धनुषा, ६ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यशैली सुशासन विरोध रहेको भन्दै नेपाली काँग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले राजिनामा दिन सुझाव दिएका छन् ।
बुधवार नेका मधेश प्रदेश प्रचार विभाग प्रमुख गुप्ताले समाजिक संजालको माध्यमबाट मुख्यमन्त्री सिंहलाई अविलम्ब पदबाट राजिनामा दिन सुझाव दिएका हुन् ।
मुख्यमन्त्री सिंह सुशासन विरोधी रहेको हुँदा अविलम्ब नैतिकताको आधारमा राजिनामा दिनुपर्ने जिकिर गरे । केन्द्र सरकार र प्रदेश बिच चलिरहेको विवादको बेला एसईई परीक्षाको पूर्व सन्ध्यामा आएर यसरी सार्वजनिक रुपमा गरिएका नाटक मंचनबाट गठबन्धनमा रहेका नेपाली काँग्रेसले उक्त निर्णयको पक्षमा नरहेको हुँदा सुशासन विरोधी मुख्यमन्त्री सिंहलाई एक मिनेट पदमा बस्न नैतिकताले नमिल्ने भन्दै राजिनामा दिन भनेका छन् ।
मधेश शिक्षाको दृष्टिकोर्णबाट अत्यन्तै पछाडी परेको अवस्थामा मुख्यमन्त्री जस्ता व्यक्तिबाट यस्ता किसिमको हर्कतबाट मधेश सरकारको गरिमा माथि आँच पुर्याउने कार्य भएको ठहर गर्दै प्रचार विभाग प्रमुख गुप्ताले मधेस सरकार निरुत्साहित तरिकाले प्रस्तुत हुनु राम्रो कार्य नभएको बताए ।
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रक्रियामा सहभागी नहुनु विद्यार्थीहरूको भविष्यबाट खेलवाड गर्नु र अपरिपक्ताको संकेत भएको बताए । परीक्षालाई सभ्य, निष्पक्ष, शान्ति र मर्यादित बनाउन संघीय सरकार र प्रदेश सरकार संयुक्त रूपमा परीक्षा सम्पन्न गराउनुपर्ने तर परिक्षा गराउने जिम्मेवारीबाट मधेस सरकार पछी हटने कार्य प्रति मेरो गम्भीर आपत्ति छ प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताए ।
मधेस प्रदेशमा रहेका विद्यार्थीहरूको हौसला प्रदान गर्नुको सट्टा विद्यार्थीहरुलाई मनोबल कमजोर बनाउनु घिनता र प्रकाशता प्रष्ट भएको छ । विधिको शासन र सुशासनले सरकार चलाउने हो न कि आफनो जिद्दीपनाले चलाउनु हो उनले भने ।
मुख्यमन्त्रीका नैतिकता हिन गैर जिम्मेवार अभिव्यक्ति कारण शिक्षाको गुणस्तर कमजोर हुने निश्चित देखिन्छ । दिन प्रतिदिन कानुनको धज्जी उठाउने हो भने नैतिकताको आधारमा राजीनामा दिई सडकमा आएर राजनीति गर्न मधेस प्रदेश सरकारको मेरो मुख्यमन्त्री सिंहलाई सुझाव ।
कांग्रेस प्रचार प्रमुख गुप्ताले मुख्यमन्त्री सिंहको गलत रबैया प्रती पटकपटक आलोचना गर्दै आएका छन ।

spot_img

लोकप्रिय