प्रदेस सांसद जैद द्वारा राजपुर,ईशनाथमा कम्पाउन्डवाल र सडक ढलानको शिलान्यास सम्पन्न

पछिल्लाे समाचार

रौतहट । नेकपा एमालेको मधेस प्रदेशका सांसद मो.जैद राजाले रौतहटको ईशनाथ नगरपालिका वडा नं ३ पिपरा र राजपुर नगरपालिका वाड नम्बर ३ को बलुवा,डमारमा सडक निर्माण ,कबरिस्तानको कम्पाउन्ड वालको कार्यको शिलान्यास गरेका छन् ।

सो अवसरमा उनले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निरन्तरता दिएको बताउँदै समृद्ध नेपाल निर्माणको अभियानमा आफूहरू सधैँ सक्रिय रहने प्रतिबद्धता जनाएका छन । एमालेको सङ्गठनलाई अझै मजबूत बनाउन उनले नेता कार्यकर्तालाई सुझाव दिइन ।

मधेस प्रदेस सांसद राजाले ईशनाथ नगरपालिका र राजपुर नगरपालिकाको कबरिस्तानको कमपाउन्ड वालको निर्माण कार्य भइरहेको जानकारी दिएका हुन ।
राजाले आफ्नो क्षेत्रको विकास निर्माणका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै स्थानीय सरकारको समन्वय र सहयोग पनि अपरिहार्य रहेको बताएका छन । उक्त शिलान्यास कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सदस्य , नगर कमिटी अध्यक्ष एवम् वडा अध्यक्ष , एमालेका वडा प्रत्यासी लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

spot_img

लोकप्रिय