२६ फाल्गुन । रौतहट। गौर नगपालिकाका नगर प्रमुख शम्भू साह कानूले गौरमा भई रहेको आन्दोलन खाएको पैसा पचाउनका लागि रहेको टिपण्णी गरेका छन ।
नारी चेतना महिला कृक्षक सहकारी सस्था लिमिटेडले गौर नगरपालिकाको सभाहलमा ११५ औ अंतराष्ट्रीय श्रमिक महिला दिवसको अवसर परेर आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मेयर साहले गौर राइस आयल एन्ड फ्लोर मिल्स लिमिटेडको नाउमा दतो रहेको जग्गा विक्री गराउने कार्यमा संचालक समिति सग लिएको रकम फिरता गर्न नपरोस भनी केहि पूर्व जनप्रतिनिधिले आन्दोलनको नाउमा द्वन्द फैलाउने कार्य गरिरहेको आरोप लगाए ।
वषौ देखि विवादमा रहेका गौर राइस मिलको जग्गा संचालक समितिले करीव ३० करोड भन्दा बड़ी मूल्य भएको २ विगहा १५ कट्टा जग्गा खेलखुद मैदानको लागि निशुल्क दानमा दिन लागेकोमा त्यस साइ अवरोध गर्ने उदेश्यले आन्दोलन गर्न लागिएको कटाक्ष गरे।
राइस मिलका संचालक समितिले पूर्व नगर प्रमुख अजय कुमार गुप्तालाइ उहाको होटल सिया पैलेसमा २० लाख र पेट्रोल पम्पमा ६० लाख रुपैया दिएको भिडिओ मार्फत सार्वजानिक गरेको अवस्थामा पनि केहि प्रतिक्रिया नदिएर छुपलागेर बस्नु भनेको अर्थ के रहेको भनी प्रश्न समेत गरे ।
कानून बमोजिम जग्गाको हकदार गौर राईस एवं फ्लोर मिल्स लिमिटेड ने भएको सवर्वोच्च अदालतले ठहर गरिसकेको अवस्थामा हकदार ने कोही नभएको भन्नु मूर्खता रहेको जिकिर गरे ।
उनले भने जग्गा अधिग्रहणको लागि रकम सुनिश्चिता गर्न मधेश प्रदेश सरकारलाइ पत्राचार गदां कुनै प्रतिक्रिया नदेखाएकी कारन अधिग्रहण प्रक्रिया ओकलमा परेको उहाको भनाइ रहेको छ । सधीय सरकारको आर्थिक सहयोगमा निर्माण भएको पुस्तकालयको भवन एक जना व्यापारीलाई भाडामा
दिएर पूर्व नगर प्रमुख गुप्ताले भाडा बापतको रकम समेत हिनामिन्हा गरेको दाबी गरे। गौर बारहवा तालको कहिले ठेक्का नलगाएकोमा मैले आफ्नो पालामा माछा पालनको
सागि ठेक्का प्रक्रियामा लागेको बताए ।
फरक प्रसगमा भने महिलालाइ जाड्याले सम्मान गर्न सकिने छैन महिला आमा छोरी बहिनी र श्रीमतीको भूमिकामा देखिने भएकोले महिलालाइ पूर्ण रुपमा मान सम्मान दिनु पर्छ ।
महिलालाइ सशक्त बनाउन शिक्षा जरुरी रहेकोले छोरीलाइ अध्यन गराउन सुझाव समेत दिए । गीता देवी कुशवाहाको अध्यक्षता तथा उपप्रमुख शैल देवी साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला नेत्री इन्दु देवी झा, वडा अध्यक्ष शिव शकर यादव, अवध किशोर साह, हरिशकर पाण्डेय, सजय गिरी विनोद चौधरीले शुभकामना मतव्य राखेका थिए। कार्यक्रममा सचारकमी सहित बालिकाहरुलाई सम्मान गरिएको थियो ।