रौतहट । प्रहरीले तस्करी रुकेकाे दाबी गरिरहेपनि रौतहटको विभिन्न नाका भएर अझै पनि खुल्याम तस्करी भइरहेकाे समाचार प्राप्त भएकाे छ । भारत संग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेको छ ।
कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस , कस्मेटिक, हार्डवेयर ,चप्पल लगायतका समाग्रीहरु भारतबाट नेपालमा भित्रिने गरेको छ भने नेपालबाट मदिरा रक्सी,गांजा, छोहाड़ा, मरिच लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ । सुरक्षा निकायहरु उक्त कार्यमा मौन समर्थन जनाएका छन ।
रौतहटको ,जयनगर, घिउरा, चमटोली, रामपुर खापबाट साँझ परेपछि कारोबार गर्ने तस्करहरुको लाइन सुुरु हुने गरेको स्थानीयहरु बताउँछन् ।
उक्त कार्यमा भंसार प्रमुख, सशस्त्र प्रहरी, चौकी इंन्चार्ज सुरक्षाकर्मीहरुको साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुले लगाए ।
सिमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हुँदा पनि तस्करी झन् बढेर गएको स्थानीयहरूको भनाई छ ।