नेपाल प्रहरी संगठन बदनाम गर्ने रौतहटमा कार्यरत इन्स्पेक्टर महतो माथी विभागीय कारबाही

पछिल्लाे समाचार

रौतहट १७ फागुन । सिंगो नेपाल प्रहरी संगठन लाई बदनाम गराउने जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर रामकुमार महतो माथी विभागिय कारवाही सुरु गरिएको छ। ईन्सपेक्टर महतोको माग अनुसार मुद्दा फाँट नपाएको रिसमा जिल्ला प्रहरी कार्यालय रौतहट लाई बदनाम गराउन अनेक षड्यन्त्र गरेको बाहिर आएपछि उनीमाथी विभागिय कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको उजुरी शाखा, मीटर ब्याज शाखा र महिला तथा बालबालिका सेवा केन्द्रको प्रमुख रहेकोमा उनलाई कारवाही स्वरूप हाल सबै जिम्मेवारी बाट मुक्त गरिएको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले बताएका छन्। ट्राफिक प्रहरी कार्यालय निजगढ बाराबाट भदौको अन्तिम साता रौतहट सरुवा भएर आएका इन्स्पेक्टर महतो आएदेखिनै मुद्दा फाँटका लागी प्रयासरत रहेका थिए। मुद्दा फाँट दिलाउन उनले बिभिन्न दलका नेताहरुका साथै अन्य जिल्लाका केही पत्रकार लाई पनि गुहारेका थिए। तर जिल्ला प्रहरी प्रमुख एसपि दिलीप घिमिरेले उनीमाथी बिश्वास गर्न सकेनन् र उनलाई मुद्दा फाँटको जिम्मेवारी दिएनन्। उनले मुद्दा फाँटको जिम्मेवारी नपाएपछि रिसाएर हालका मुद्दा फाँटका इन्स्पेक्टर उमाशंकर प्रसाद बिरुद्द कपिल कल्पित समाचार लेख्न जिल्लाका केही पत्रकार लाई भनेको प्रहरीको भनाई छ। तर एसपी घिमिरेको कार्यशैली र जिल्ला प्रहरी कार्यालय रौतहटको गतिबिधि बारे जानकारी रहेका रौतहटका कुनै पनि पत्रकारले इन्स्पेक्टर उमाशंकर बिरुद्द कलम चलाएनन। त्यतिमात्र नभई महतोले समाचार लेख्न भनेको बारे रौतहटका केही पत्रकारले सबैकुरा एसपी घिमिरे लाई जानकारी गराएसंगै षड्यन्त्रको खुलासा भएको थियो। जिल्लाका पत्रकारले त्यस्तो समाचार न लेखेपछि इन्स्पेक्टर रामकुमार महतोले जनकपुर र बाराका केही पत्रकार लाई भनेर पछिल्लो केही दिन देखि दैनिकजसो मुद्दा फाँटका इन्स्पेक्टर उमाशंकर प्रसाद र जिल्ला प्रहरी कार्यालय रौतहट लाई जोडेर बिभिन्न किसिमका समाचार लेखाउँदै आएको प्रहरीको आरोप रहेको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले इन्स्पेक्टर महतो माथी लागेको गम्भीर आरोपहरुको प्रमाण संकलन गर्नेकाम संगै गहनारुपमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। इन्सपेक्टर महतो माथी लागेको आरोप पुष्टि भएमा संगठन बदनाम गराउने माथी कडा विभागिय कारवाही गर्ने एसपी घिमिरेले चेतावनी दिएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी लालमणि आचार्यले घटना बारे औपचारिक कुनै जानकारी नरहेको बताएका छन्। गलती गर्ने प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गर्ने अधिकार एसपी संग छँदैछ जिल्ला प्रहरी कार्यालय रौतहटमा के भईरहेको त्यसको वास्तविकता बुझेर उचित कदम चाल्ने डिआईजी आचार्यले जानकारी दिएका छन्। आरोपी इन्स्पेक्टर रामकुमार महतोसंग प्रतिक्रिया लिन पटक पटक उनको मोबाईल नम्बर ९८५१२८१७४३ मा कल गर्दा सम्पर्कमा आउन चाहेनन्।

spot_img

लोकप्रिय