रामपुरखाप नाकामा चार पाँग्रे आवत जावतमा रोक लगाएपछी स्थानीय द्रारा आमरण अनसन

पछिल्लाे समाचार

रौतहट, ७ फागुन । रौतहटको पश्चिमी ग्रामिण भेग परोहा नगरपालिकाको रामपुरखाप नाका भएर निर्वाध रुपमा चार पाँग्रे सवारी साधन गुड्नु पर्ने माग राख्दै आज बुधवार देखि स्थानीयले आमरण अनसन सुरु गरेका छन् ।

परोहा नगरपालिका वडा नम्वर ९ खाप स्थित नेपाल भारत सीमावर्ती क्षेत्र भन्दा ५० मिटर नेपाली सिमा क्षेत्रमा टेण्ट खडा गरेर तीन जना स्थानीय नागरिकले आज देखि आमरण अनसन सुरु गरेका हुन् ।

सीमानाकाबाट निर्वाध रुपमा चार पाँग्रे सवारीसाधन ओहरदोहर गर्नुपर्ने र भन्सार कार्यालय स्थापना हुनुपर्ने माग राख्दै आज विहान देखि स्थानीय साहेब साह, जगतलाल यादव र मोहम्मद तजमुल हकले आमरण अनसन सुरु गरेर राज्य समक्ष दवाव बनाउने कार्य सुरु गरेको छ ।

आमरण अनसनमा बसेका तीनै जनालाई साथ सयौं स्थानीय बासिन्दाहरुले दिइरहेको छ । उनीहरुको एउटै माग रहेका छन् विगतका दिनमा रौतहटमा दुई वटा मात्रै नाका थिए, एउटा गौर अर्को रामपुर खाप ,र लतमरी तर यहाँका भन्सार कार्यालयलाई नियतबस उठाएर लमतरी सार्दै यहाँबाट मित्रराष्ट्र तर्फ जाने बाटोमा चारपाँग्रे सवारीसाधनलाई पूर्ण रुपमा रोक लगाउदा बाध्य भएर कठोर कदम उठाउनु परेको आमरण अनुसनमा बसेका जगतलाल यादवले बताए ।

भारत नेपाल बीच सदियौं देखि चल्दै आएको बेटी रोटीको सम्बन्धलाई प्रभावित पार्न कार्य कसैबाट सह्य नहुने चेतावनी दिदै “बेटी रोटीको सम्बन्ध तोड्न पाइदैन, छाटी भन्सार कार्यालय चालु गर” भन्ने नारा सहित आमरण अनसनमा उनीहरु बसेको छ ।

स्थानीयहरुको मागलाई न्यायोचित रुपमा सम्बोधन गर्नुपर्नेमा रौतहटका प्रमुख जिल्ला अधिकारी र भन्सार प्रमुख इमान्दार नरहेको आरोप लगाउदै आमरण अनसनमा बसेका साहेव साहले यस नाकाबाट तस्करी गराएर लाखौंको महिनावारी खान पल्किएका भन्सार प्रमुख, सिडिओ, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीकै कारण यस भेगका जनताहरु अनाहकमा दुख भोग्दै आएको गम्भीर आरोप लगाए ।

भारत संग जोडिएका रौतहटको इशनाथ नगरपालिका वडा नम्वर १, २ र ४ तथा परोहा नगरपालिकाको वडा नम्वर ९ सहितका सीमानाकाहरुबाट निर्वाध रुपमा गईरहेका चार पाँङ्गे सवारीसाधनलाई आवत–जावतमा रोक लगाएपछि त्यस भेगका बासिन्दाहरुलाई विभिन्न काम पर्दा भारत तर्फ जान र आउन निकै लामो बाटो गौर भएर जानुपर्ने बाध्यतालाई पटक पटक जिल्ला प्रशासन कार्यालय सहित विभिन्न निकायलाई गुहार्दा समेत कुनै वास्ता नगरिएपछि गत पुस ७ गते प्रमुख जिल्ला अधिकारी र भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएपछि चाँडै समस्या समाधान गर्ने आश्वासन दिदा समेत कारवाही नहुँदा बाध्य भएर आमरण अनुसन सुरु गरिएको उनीहरुले बताएः ।

अव हामी यही सिमामा मर्न तयार छौं, कि बाटो सुचारु गर कि हामी यही प्राण त्याग गर्ने छौं, भन्दै नेपाल सरकार माथि तिव्र रुपमा आक्रोश उनीहरुले व्यक्त गरे ।

सीमानाका भएर चार पाँग्रे सवारी साधन निर्वाध रुपमा जानुपर्ने माग राख्दै थालिएको आमरण अनसनलाई तरूण दलका केन्द्रीय सदस्य तथा परोहा नगरपालिका भावी नगर प्रमुख मो.नौसाद आलम, जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशेद, नेकपा एसका शेख अब्दुल्लाह लगायतका नेताहरुले एक्युबद्धता प्रकट गर्दै आमरण अनुसनमा केही बेर बसेका थिए ।

spot_img

लोकप्रिय