राैतहट,०६ गते फागुन । राैतहटकाे ग्रामीण भेगमा माेटरसाईकिल आतंक बढेकाे छ । आज यसकै नमूनाकाे झझल्को दिनेगरी एउटा घटना घटेको छ । जिल्लाकाे वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरीमा चारजना सवार माेटरसाईकलकाे ठक्कर बाट एकजना गम्भीर घाईते भएका छन् ।
दुईवटा अलगअलग माेटरसाईकिलमा गरि आठजना सवार भई ध्वनि आतंक मचाइरहेका थिए । बहुअरी स्थित दलित टाेलमा ती दुईवटा माेटरसाईकिलमा सवार भएकाहरूले माेटरसाईकलकाे अस्वभाविक आवाज निकालि तीन पटक ओहोरदोहोर गरेका थिए ।
ओहोरदोहोर गर्ने क्रममा मंगलबार बेलुकी ६ बजेर ५० मिनेटमा दुई माेटरसाईकिल मध्ये ना ५६ प ९८२५ नम्बर प्लेट भएकाे हाेण्डा साईन माेटरसाईकलकाे ठक्करबाट स्थानीय महिन्द्र हजराकाे छाेरा ओमप्रकाश हजरा गम्भीर घाईते भएका छन् ।
उनको उपचार गरूडा स्थित एक निजि अस्पतालमा भईरहेकाे पारिवारिक स्राेतले जानकारी गराएको हाे । साे माेटरसाईकिलमा सवार ४ जना मध्ये चालक सचिन साह,अनिल साह,मुना यादव,रोहित कुमार यादव रहेको प्रत्यक्षदर्शी वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानले जानकारी गराएका हुन् ।
माेटरसाईकल छाेडी चारैजना फरार भएका छन् । स्थानीयहरूले बाईकलाई आफनाे नियन्त्रणमा लिई प्रहरी चाैकी बिर्ताकाे जिम्मा लगाएका छन् । अर्काे बाईक एसपि साइनमा सवार चारजना रत्नेश यादव, निराेज यादव,चन्दन पाल,रन्जेश यादव बाईक सहित फरार भएको उनको भनाइ छ । दुवै गाडिमा सवारहरूले हुटिङ्गहरू गर्दै र सिटि बजाउँदै माेटरसाईकिल चलाईरहेका थिए । यसरी माेटरसाईकल आतंक मच्चाउनेहरूमाथि हदैसम्मकाे कार्यवाही गर्न स्थानीयहरूले प्रहरी प्रशासन सँग माग गरेका छन् ।