सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख शेहरले कार्यालयमा लगाई अनिच्तिकारका लागि तालाबन्दी

पछिल्लाे समाचार

बारा । बाराको सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहरले कार्यालयमा तालाबन्दी गरेकी छिन् ।

उपप्रमुखलाई अधिकार बिहिन बनाएर नगर प्रमुख किशोरी प्रसाद कलवारले आफु एकलौटी रुपमा अगाडी बढ्न खोजेपछि उप प्रमुखले नगरपालिकाको कार्यालयमा बुधबार तालाबन्दी गरेकी हुन् ।

नगरसभाबाट बजेट बांडफाड भएर आफ्नो भागमा परेको बिकास निर्माणको योजनाहरु कार्यान्वयनमा नगर प्रमुख कलवारले हस्तक्षेप गरेको भन्दै उप प्रमुख शेहरले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको बताइन् ।

प्रमुख प्रशासकिय अधिकृत हरिओम जयसवालले कुरा नमान्ने,समयमा कर्मचारीहरुलाई तलब नपठाउने,न्यायिक समिति संचालन हुन नसकेको भन्दै उप प्रमुख शेहरको भनाई रहेको छ ।

नगर प्रमुख कलवारले अफ्नो आसेपासेका कर्मचारीहरुको मात्र तलब दिएको र अरु कर्मचारीको तलब समयमा नपठाएको उनले बताइन् ।

यता नगर प्रमुख कलवारसंग सम्पर्क गर्दा उप प्रमुखले लगाएको सबै आरोप झुठो रहेको बताएका छन् ।

spot_img

लोकप्रिय