गरुडा नगरपालिकामा असहाय व्यक्तिको योजनामा व्यापक अनिमियतताको तथ्य बाहिरिए

पछिल्लाे समाचार

रौतहट ,२६ माघ।गरुडा नगरपालिकामा असहाय व्यक्तिको लागि आएको योजनामा व्यापक अनिमियतता भएको तथ्य बाहिरिएको हो।रौतहटको मध्यभागमा रहेको आर्थिक नगरी बाट चिन्ने गरुडा नगरपालिकाको मेयर कन्थमणी जयसवाल निर्वाचित पश्चात् विकास निर्माणकार्य ,दिवाखाजा,बालपोषण भत्ता र समाजिक सुरक्षा भत्ता वितरणमा अनिमियतता भएकोमा स्थानीयद्वारा कयौंपटक बिरोध प्रदर्शन लगायत सुचनाको हक सम्बन्धि माग गरिएको थियो।

निर्वाचित भए पश्चात् हाल सम्म गरुडा नगरपालिका विवादमै संचालन रहेको स्थानीयले बताएका हुन् ।मेयर कन्थमणी जयसवालको कार्यकालमा योजना देखि सामाजिक विकाश शाखाद्वारा संचालित कार्यक्रममा व्यापक अनिमियतता भएको महालेखा परीक्षक प्रतिवेदनमा उल्लेख गरिएको छ।

गरुडा नगरपालिकाले ५०/६०प्रतिशत रकम लिएर कार्यक्रम फर्छौट गरेको देखिएको छ।यस्तै जनता आवास तथा शहरी सघन कार्यालयबाट संचालित कार्यक्रममा व्यापक भ्रस्टाचार भएको स्थानीयले बताएका हुन् ।गरुडा नगरपालिकाको महम्मदपुर ,गरुडा र मलाहीटोल वडाहरुमा छाना बनाइदिने बापत जनही ५ हजार रुपैया लिएको तथ्य बाहिरिएको हो।महम्मदपुर का एक स्थानीय शैलेन्द्र यादव भन्ने चुनचुन यादवले छाना बनाइदिने बापत ५ हजार लिने नगरपालिकाको कर्मचारी श्री साह तेली सितको कुराकानीमा जस्ताको त्यस्तै ´ छाना बनाबेके लेल ५ हजार रुपैया लेले छहु का ह कौन कहले हओ आइटी औफिसर, रुपैया लेले कानुन संगत है ह बा नु नगरपालिका कानुन बनैले बा,बहुत महिना भेगेल रुपैया लेला अभि तक फर्छौट न भेलबा ,शैलेन्द्र बात कएल व्यक्ती कहित बा अब कुछ दिन मे होई कौन छाना बनएले बा ओही हिसाब से भुक्तानी होई कहलन `।

गरुडा नगरपालिकाका महम्मदपुर ,गरुडा र मलाहीटोलका वडा अध्यक्षहरु र मेयर कन्थमणी जयसवालको निर्देशनमा ५हजार रुपैया असुलेको शैलेन्द्र यादवको कुराकानीमा पैसालिने कर्मचारी श्री साह तेलीले स्वीकार गरेको बताए।

spot_img

लोकप्रिय