ईशनाथ नगरपालिकामा मदरसा ,विद्यालय भवनको शिलान्यास सम्पन्न

पछिल्लाे समाचार

रौतहट १४ माघ । रौतहटको ईशनाथ नगरपालिका वाड नम्बर ७ मा रहेको अनवारूलहक मदरसा र मोतिगंज विद्यालय भवनको सोमबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

ईशनाथ नगरपालिका –७ स्थित मदरसा अनवारूल उलुम छेउकै मोतिगंज प्रा.वी विद्यालय भवनको शिलान्यास गरिएको हो । विद्यालयको शिलान्यास रौतहटको क्षेत्र नम्बर—२ मा पर्ने ईशनाथ नगरपालिका वाड नम्बर ७ मा रहेको र नगर प्रमुख कौशलिया देवी र उप-प्रमुख परवेज आलम शिलान्यास गर्नुभएको थियो । ४० लाख रुपैयाँको लागतमा चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने गरी चारकोठे विद्यालय भवन र मदरसा भवनको शिलान्यास गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख देव , उप-प्रमुख आलम स्थानीय समुदायको चौतर्फी विकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो । मदरसा र बिधालय सञ्चालक समितिका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अधिकांश वक्ताले मदरसा र बिधालयमा आश्रित तथा पढ्न आउने मुस्लिम समुदायका विद्यार्थीलाई विद्यालय भवन बनेपछि पठनपाठनमा सहज हुने नगर प्रमुख देवी र आलमले बताए ।

मदरसा र विद्यालय भवन निर्माणका लागि ईशनाथ नगरपालिका तत्पर रहेने बताउनुभयो । मदरसामा अहिले कक्षा १ देखि ५ सम्मका मुस्लिम समुदायका सय जना विद्यार्थी अध्ययनरत छन् र मोतिगंज बिधालयमा कक्षा १ देखि ५ सम्म रहेको देवीले बताएका छन ।

spot_img

लोकप्रिय