मुख्यमन्त्री सिंहको आशीर्वाद बाट दासले यातायात व्यवस्था कार्यालय, बाराको प्रमुखमा

पछिल्लाे समाचार

रौतहट ।। मधेश प्रदेशका मुख्यमन्त्री सिंहको आशीर्वादमा विगतमा विभिन्न अनियमिततामा मुछिएका विवादस्पद र बदनाम छवि भएका अविन्दर दासले यातायात व्यवस्था कार्यालय कलैया, बाराका प्रमुखको जिम्मेवारी पाएका छन्। यातायात कार्यालयमा हुने अनधिकृत कमाइकाको खबर जानेका दासले ठूलो आर्थिक चलखेल गरेर प्रमुखको जिम्मेवारी पाएको स्रोतको दाबी छ।
यातायात व्यवस्था कार्यालय कलैया बारामा प्रमुख दास माघ ९ गते बुधबार कार्यालयमा हाजिर भएका छन्। प्रमुख दास हाजिर भएको २-३ दिन नबित्दै सेटिङ गरेर असुलीका लागि दर्जनभन्दा बढी बिचौलियाहरू परिचालन गरिसकेको स्रोतको दाबी छ।
स्रोतका अनुसार आगामी १७ माघदेखि नयाँ र वर्ग थप (क्याटेगोरी ए, के, बी, सी, सी१, तथा मेशिनरीको लिखित र प्रयोगात्मक परीक्षामा पास गराइदिनका लागि बिचौलियाहरूले अहिले देखि नै रकम असुल गर्न थालेका छन्।

पाँच दिन पहिला कार्यालय प्रमुख भएर आएका अविन्दर दासले सवारी चालक अनुमति पत्र विक्री गरेर करोडौं कमाउने योजना बनाएको कार्यालयका एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाइनलाई बताएका छन्। प्रमुख दासले प्रदेश सरकारलाई भेटी चढाएर आफू यहाँ आएको र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नजिक रहेकोले कसैले केही गर्न नसक्ने भन्दै खुलेर पैसाको बार्गेनिङ गर्ने गरेको स्रोतको दाबी छ ।

दास यातायातमा सबैभन्दा बढी अवसर पाउने र कमाउनेमा पर्दछन्। उनी यसअघि नै यातायात व्यवस्था कार्यालय वीरगंज, पर्सा र गौर, रौतहटमा बसेर अकूत पैसा कमाएका विवादास्पद हाकिम हुन्। अहिले उनी यातायात व्यवस्था कार्यालय कलैया, बारामा पुगेका छन्। उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले वीरगंजको श्रीपुरमा फ्याक्ट्री सञ्चालन गरेको स्रोतको दाबी छ। यस्तै उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले वीरगंजसहित कयौं स्थानमा घरघडेरी जोडेको स्रोतको दाबी छ।

रौतहटमा सेटिङमार्फत असुलीको आरोप

यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दास निजामती सेवामा विवादास्पद कार्यालय प्रमुखका रूपमा चिनिन्छन्।

यातायात व्यवस्था कार्यालय गौर, रौतहटका प्रमुख रहँदा दासको असुली काण्डले सिमा नाघेको थियो। त्यहाँ पनि सेटिङमा लाइसेन्स बिक्री गरेको र बिचौलियामार्फत असुली गरेको आरोप छ। दास रौतहट यातायात प्रमुख हुँदा दर्जनौं दलाल परिचालन गरी अबैध असुली गरेको आरोप लागेको थियो। रौतहटमा प्रमुख दासले दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री गर्ने काम गरेको आरोप छ। यस्तै, स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत गरेको आरोप छ।

spot_img

लोकप्रिय