रौतहट ७ माघ ।। रौतहटमा हतियारसहित एकजना पक्राउ परेका छन् ।
जिल्लाको ईशनाथ नगरपालिका वाड नम्बर ४ लतमरीको सिमानाका बाट सशस्त्र प्रहरीले आईतबार साँझ ८:१५ बजे हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईशनाथ नगरपालिका लतमरिको सिमानाका नजिकैबाट शस्त्र प्रहरीको टोलीले सुनिल होटलमा खाजा खाईरहेको शंकास्पद लागिएको व्यक्ति लाई चेकजाँच गर्दा क्रममा हतियार तथा चार ओटा गोलीगठ्ठासहित एकजनालाई नियन्त्रणमा लिएको र दुई जना फरार रहेको सशस्त्रका प्रहरी उपरीक्षक बिक्रम हुमागाईंले बताए । पक्राउ पर्नेमा भारतको पुर्वीचम्पारण मोतिहारी बसन्तपुर ग्राम पंचायत वाड नम्बर ९ बस्ने अन्दाजी २६ वर्षीय धनन्जय कुमार झाको साथ बाट बरामद भएको एसपी हुमागाईले बताए । सुरक्षाकर्मीले उनीहरुको साथबाट सेमी अटोमेटिक पेस्तोल १ थान ४ राउण्ड गोली,१ मोबाइल फोन बरामद गरेको जनाइएको छ । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको शस्त्र उपरीक्षक बिक्रम हुमागाइले बताएका छन ।