रौतहट प्रहरीले धमाधम तस्करीको मालसामान पक्राउ गर्दै

पछिल्लाे समाचार

रौतहट – प्रहरीले रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ६, बसन्पट्टीबाट भन्सार छली गरी भारतबाट चोरी पैठारी ल्याउँदै गरेको ठूलो परिमाणमा सामान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा BR3088094, BR05Q4257 र ना १४ प ८७३३ नम्बरका तीनवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। ती मोटरसाइकलमा अबैध रूपमा भन्सार छलिएको अन्दाजी ७१,४५० रुपैयाँ बराबरको चिनी, दाल, कपडा लगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामानसँगै मोटरसाइकलहरूको मूल्य १,१५,००० रुपैयाँ जोड्दा, नियन्त्रणमा लिइएको सामग्रीको कुल अन्दाजी मूल्य १,८५,९८० रुपैयाँ भएको छ। साथै, मोटरसाइकल चालक देवाही गोनाही नगरपालिका वडा नं. ३ का ३० वर्षीय बैजु प्रसाद साहलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धानका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिँदै निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सरोज डल्लाकोटीले अवैध भन्सार छल्नेलाई कानुनी कारबाही अघि बढाइने बताएका छन्।

spot_img

लोकप्रिय