२४ पुष रौतहट । ईलाका प्रहरी कार्यालय राजपुर रौतहटले ठूलो परिमाणमा तस्करी हुदै गरेको सामान बरामद गरेको छ । बिहिबार बिहान छौ लाख भन्दा बढी मूल्यको लताकपडा र मैदाको सवारी साधन ईलाका प्रहरी राजपुरले कार्यालय रौतहटले पक्राउ गरेको हो ।
भारतीय बजारबाट नेपाल भित्राउदै गरेको अवस्थामा रौतहटको नरकटिया हुदै बौद्धिमाई नगरपालिकाको कोपवा बाट भारतीय नम्बरको मोटरसाइकल लोड गरिएको ६ लाख भन्दा बढी मूल्यका लतापकडाहरु ईलाका प्रहरी राजपुरले नियन्त्रणमा लिएको हो । ठूलो मात्रामा प्याक गरिएका ती पोकाहरुमा साडी, कुर्ता, सुट पैन्ट र सर्टका कपडाहरु र मैदा रहेको ईलाका प्रहरी कार्यालय राजपुर द्रारा जनकारी प्राप्त भएको छ । ईलाका प्रहरी राजपुरले छौ लाख बराबरको मोटरसाइकल , कपडा समेत नियन्त्रणमा लिएको छ ।
रौतहटको नरकटिया नाका भएर कोपवा हुदै कटहरिया जाने तस्करीको सामान भित्रिने गरेको खबरका आधारमा ईलाका प्रहरी कार्यालय राजपुरले तस्करीको सामान सहित भारतीय नम्बरको दुईवटा मोटरसाइकल पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले बताएका छन । छौ लाख भन्दा बढीको लताकपडा, मैदा ईलाका प्रहरी कार्यालय राजपुरले बरामद गरेको हो । पक्राउ परेको भारतीय मोटरसाइकल नम्बर BR 30 B 8094 र BR 05 Q4257 र BR 05 AS 2211 लाई तस्करीको कपडा समेत पक्राउ अवश्यक कर्वहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको खबर छ ।