मो.मोजिबुल्लाह २०८१/०९/२३ गते नेशनल लघुवित्त वित्तीय संस्थाले असोज महीनाको १३ गतेमा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोरेका समूहलाई राहत वितरण गरेको छ ।
वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ३ मा अवस्थित नेशनल लघुवित्त वित्तीय संस्था शाखाको कार्यालय राजपुर डमारमा आबद्ध करीब १३० जना, रौतहट जिल्लाको राजपुर नगरपालिका, ईशनाथ नगरपालिका , परोहा नगरपालिकाको अवस्थित शाखा कार्यालय राजपुर डमारमा आबद्ध करीब १३० जना लाई राजपुर डमार चौक स्थानमा औपचारिक एक कार्यक्रम गरी राहत वितरण गरेको हो ।
संस्थाले करीब लाखौं रुपैयाँ बराबरको चामल २५ किलो, दाल १ किलो, तेल र नुन सहित वितरण गरेको वित्तीय संस्थाका शाखा प्रमुख रमेश कुमार पंडितले जानकारी दिए ।
वित्तीय संस्थाले केही शाखा कार्यालय विस्तार गरी करीब केही मध्यम आय भएका वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका समुदायमा वित्तीय सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । उपस्थितमा रहेको प्रमुख अतिथि दिलिप कुमार यादव,
बिशिस्ट अतिथि राजपुर नगरपालिका वाड नम्बर ३ का वाड अध्यक्ष सेख हसिन्खतर ,ईलाका प्रहरी कार्यालय इन्चार्ज अशोक कुर्मी , पत्रकार , संस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।