तिब्बत केन्द्र बिन्दु बनाएर ७ म्याग्निच्युड क्षमताकाे भूकम्प, देशभर भूकम्पको धक्का
तिब्बत केन्द्र बिन्दु बनाएर ७ म्याग्निच्युड क्षमताकाे भूकम्प, रौतहट लगायत देशभर भूकम्पको धक्का
रौतहटहित देशका विभिन्न भागमा भूकम्पको कम्पन गएको छ । भर्खरै केही सेकेण्ड भूकम्पको धक्का गएको हो ।
भूकम्पले हल्लाउन थालेपछि स्थानियहरु कोलाहलगर्दै घर बाहिर निस्किएका छन् ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु चीनको स्वशासित क्षेत्र तिब्बतको डिङगी काउन्टी रहेको छ ।
केन्द्रका अनुसार भूकम्प ७ म्याग्निच्युडको रहेको छ । भूकम्प मंगलबार बिहान ६ बजेर ५३ मिनेटमा गएकाे केन्द्रले जनाएकाे छ ।
भूकम्पकाे केन्द्र बिन्दु नेपालका संखुवासभा र ताप्लेजुङ जिल्लासँग सीमा जाेडिएकाे छ ।