परोहा नगरपालिका द्रारा खाना पकाउने एलपी ग्याँस र चुल्हो सेट वितरण

पछिल्लाे समाचार

रौतहटको परोहा नगरपालिका मा खाना पकाउने एलपी ग्याँस र चुल्हो सेट वितरण गरिएको छ।

दाउरा खोज्ने हैरानी तथा धुवा मुक्त बनाउने उदेश्यले वितरण गरिएको गैस चुल्लाहले स्थानीयहरूले खुशी भएका छन्।

परोहा नगरपालिकाको वाड नम्बर ४ ,५,६ मा तीन हजार घर धुरीलाई ग्याँस चुल्हो उपलब्ध गराइएको नगरप्रमुख सेख वकिलले बताएका हुन । उनका अनुसार गरिबसंग नगरप्रमुख कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो।

उक्त परोहा नगरपालिकाको वाड नम्बर १ देख ९ नम्बर वाड सम्ममा पालो पालो गैस चुलो सेट वितरण हुन्छ नगर प्रमुख सेख वकिलले बताउनुभयो । ‘ग्याँस उपलब्ध भएपछि दाउरा खोज्ने समय बचत हुने र धुँवाबाट पनि मुक्त भइने छ’ स्थानीयहरूले बताएका छन ।

स्थानीयले भने ग्याँस पाएपछि महिनाको १६ दिन बचत हुने र त्यो समयमा ज्याला मजदुरी गर्न सकिने बताएका छन ।

spot_img

लोकप्रिय