नेपाल राष्ट्रवाद संघले पूर्व श्री ५ युवराजाधिराज शाहको ५४ जन्मोत्सव वीरगन्जमा मनायो

पछिल्लाे समाचार

पवन प्रसाद साह ।। वीरगन्ज /पुस १५गते । नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगन्जले पूर्व श्री ५ युवराजाधिराज पारस शाह को ५४ औ जन्मोत्सव वीरगन्जमा मनाएको छ।

शाहको ५४ औ जन्मोत्सवको अवसरमा वीरगन्ज स्थित घण्टाघर चोकमा युवराजाधिराज पारस शाह को तस्बिरमा माल्यार्पण गरी संघका केन्द्रिय अध्यक्ष जनकलाल शाह तथा संघका पदाधिकारीहरु जन्मोत्सवको अवसरमा शु स्वास्थ्य दीर्घायुको कामना गर्दै  राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,नेता चोर देश छोर,सङ्घीयता खारिज गर,हिन्दु राष्ट्र कायम गर, इत्यादि नारा लगाउदै जन्मोत्सव मनाएका थिए। 

जन्मोत्सव समारोहमा कार्यक्रममा संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाह, उमाशंकर प्रसाद, पृथ्वी झा, संतोष गुप्ता,बिसनु कुमार दास,हरेराम रौनियार,पवन प्रसाद साह, राधाकृष्ण चौहान,अबदुल सतार अंसारी,अन्नु साह,हरी राउत,बिरेन्दर साह तेली,जहिर अंसारी,महाबिर पटेल,धुरेन्दर पटेल,महमुद अन्सारी,रोशनी साह लगायतको सहभागिता रहेको थियो।

spot_img

लोकप्रिय