परोहा नगरपालिकाको खापमा रहेको छोटी भन्सार पुनः खोल्न माग गर्दै स्थानीयहरू द्रारा विरोध प्रदर्शन

पछिल्लाे समाचार

रौतहटको परोहा नगरपालिका वडा नम्बर ९, रामपुर खापमा रहेको छोटी भन्सार पुनः खोल्न माग गर्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका छन् । उक्त छोटी भन्सार कोरोनाकालदेखि लगातार बन्द हुँदै आएको छ । स्थानीयहरुले वडा नं. ९ का वडाध्यक्ष कपिल अंजुमकाकै नेतृत्वमा विरोध कार्यक्रम जारी राखेका छन् ।

वडाध्यक्ष अंजुमकाले छोटी भन्सार खाप सञ्चालन नहुँदा स्थानीयहरु निकै समस्यामा परेको बताए ।

छोटी भन्सार खाप २००७ देखि सञ्चालनमा रहेको उल्लेख गर्दै वडाध्यक्ष अंजुमकाले कोरोनाकालपछि एकाएक बन्द हुँदा स्थानीय बासिन्दाहरूको आवत–जावत र व्यापारिक गतिविधिमा अवरोध आएको बताए ।

यस्तै परोहा नगरपालिकाका मेयर प्रत्याशी शेख अब्दुल्लाहले सीमानासँग जोडिएको यस भन्सार कार्यालयलाई राजनीतिक रणनीतिको शिकार बनाइएको आरोप लगाए । नेपाली कांग्रेसका मधेश प्रदेश सदस्य नेता हारुन रसिदले यो समस्या चाँडो समाधान गर्न जिल्ला प्रशासन कार्यालयलाई चेतावनी दिए ।

रामपुर खापको भन्सार पुनः खोल्नका लागि स्थानीय स्तरमा प्रदर्शन भइरहेको जानकारी दिँदै उनले सरकारलाई यसबारे गम्भीर बन्न आग्रह समेत गरे ।

यसैगरी, परोहा नगरपालिका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष शेख युनुसले भन्सार खोल्दा सम्भावित असुरक्षा, तस्करी र सामाजिक प्रभावको बारेमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले भन्सार खोल्दा सरकारको राजस्व संकलनमा पनि वृद्धि हुने तर्क गरे ।

इसनाथ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सेख खालिक र स्थानीय समाजसेवी शेख सदरे आमले उचित पूर्वाधार र कानूनी प्रबन्ध नगरी भन्सार खोल्न गरिएको प्रयासप्रति असन्तुष्टि जनाए ।

नेपाल र भारतको सीमा क्षेत्रमा बेटी रोटीको सम्बन्ध भएको कारण स्थानीय आवत–जावतमा सहजता ल्याउन सरकारले नै पहल गर्नुपर्ने नेकपा एमाले परोहा नगरपालिका मेयरका प्रत्यासी पवन कुमार पटेलले बताए ।

रामपुर खाप छोटी भन्सार स्थानीय अध्यक्ष कपिल अंजुमको नेतृत्वमा स्थानीय प्रदर्शनहरू शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ । यसक्रममा पुस ७ गते आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको कपिल अन्जुमले बताए ।

spot_img

लोकप्रिय