रौतहट ।। मधेस प्रदेसको सात ठाउमा उप निर्वाचन हुदा रौतहट क्षेत्र नम्बर २ ले मात्र नेपाली कांग्रेसको साख जोगाउन सफल भएका हुन ।
रौतहटको क्षेत्र नम्बर २ मा दुई ठाउमा नेपाली कांग्रेसको गढ़ मानिने राजपुर नगरपालिकामा भएको उप निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेसँगै राजपुर नगरपालिका र इशनाथ नगरपालिकाको राजनीतिक समीकरणमा नयाँ प्रभाव देखिएको छ । स्थानीय राजनीतिक विश्लेषकहरूले यसलाई नेपाली कांग्रेसको प्रभाव विस्तारका रूपमा व्याख्या गरेका छन । यो जितले समसे आलमलाई राजपुर नपा वडा नं. ६ का जनताको माग र विकासका विषयमा काम गर्न थप जिम्मेवारीको दायित्व दिएको छ । एक स्थानीयले बताउँछन् नेपाल कांग्रेस का प्रदेस सभापति कृष्णा यादवले आफनै वाडामा एक वाड अध्यक्ष जिताउन सकेन भन्ने नैतिकताको अधारमा प्रदेस सभापति बाट राजिनामा दिए हुन्छ ।।