रौतहट / मंसिर , ०८/ रौतहटको कटहरिया नगरपालिकामा कार्यरत लेखा अधिकृत कामेश्वर सहनिले भुक्तानी नै नगरेको बिषयलाइ लिएर सामाजिक संजालमा आफू बिरुद्ध फेक एकाउन्ट मार्फत केही गिरोह बदनाम गर्न लागि परेको बताउनु भएको छ । लेखा अधिकृतको हैसियतले कसैलाइ भुक्तानी दिने अधिकार समेत आफुलाइ नरहेको भन्नु हुँदै आर्थिक तथा प्रशासनिक दुबै अधिकार प्रमुख प्रशासकिय अधिकृतलाइ रहने गरेको बताउनु भयो ।
आफू कटहरिया नगरपालिका सम्हाले देखि कर्मचारी , शिक्षक इत्यादिको तलव खुवाउने देखि सामन्य कार्यालय संचालनका काम मात्र भएको अबस्थामा भुक्तानी नै नभएको बिषय बस्तुलाइ गलत मनसायले दुस्प्रचार गरि आफुलाइ बदनाम गरेको बिरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ ।
गलत् तरिकाले भुक्तानी लिन खोज्नेको मनसाय कहिल्यै सफल नहुने भन्दै सत्य तथ्यमा आधारित रहेर कुनै कुरा सामाजिक सन्जालमा राख्न संबंधित सवैलाइ लेखा अधिकृत सहनिले आग्रह गर्नु भएको छ ।
सामाजिक सन्जालमा आए जस्तो एउटा् मिडिया कम्पनिलाइ त्यस्तो कुनै भुक्तानी नभएकोमा बिश्वस्त हुन लेखा अधिकृत सहनि रौतहट एक्सप्रेस सङ कुरा गर्नु हुँदै बताउनु भएको छ साथै गलत अफवाह फैलाउने त्यस्ता ब्यक्तिलाइ पहिचान गरि कारबाहिको लागि संबंधित पक्ष सङ जोडदार माग गर्नु भएको छ ।