श्रोत नखुलेको रकम सहित मानिस पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहट द्रारा पक्राउ

पछिल्लाे समाचार

रौतहट ५ मसिर । ।। श्रोत नखुलेको रकम सहित एक जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ । मगलवार दिउँसो अं. १३ः०० बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. १ राईसल मिलको पुर्व दक्षिण कुनाको बाटो स्थितमा आउने जाने पैदल यात्रीहरु तथा सवारी साधनहरु समेतलाई चेकजाँच गर्ने क्रममा जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ बस्ने अं. बर्ष ५४ को बिरेन्द्र कुमार जयसवाल माथि शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई गरी राखेको छ लाख र मोबाईल थान–१ समेत फेला परेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवतmा तथा प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले बताएका छन ।
उक्त रकमको आवश्यक कागजात माग गर्दा श्रोत खुलाउन नसकेकोले सो रकम र निज जयसवाललाई नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रकाका प्रहरी नायव उपरिक्षक रायले बताए ।

spot_img

लोकप्रिय