कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामजीले नियम कानुनको परिधिमा रहेर काम गर्दै

पछिल्लाे समाचार

रौतहटको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले आफुले नियम कानुनको परिधिमा रहेर मात्र काम गर्ने गरेको बताउनु भएको छ । कटहरिया नगरपालिकामा हाजिर भए देखि कर्मचारीको तलव भत्ता खुवाउने , महिला स्वयंसेविकाको बाकी भत्ता उपलब्ध गराउने , नगरपालिकालाई आवस्यक जनशक्तिको ब्यस्वस्थापन खुल्ला प्रतिस्पर्धा द्वारा गर्न लागिएको तथा हरेक आर्थिक तथा प्रशासनिक गतिबिधी नगर प्रमुख देखि कार्यपालिका सदस्य सबैलाइ राखेर गर्ने गरेको बताउनु भएको छ ।
कार्यपालिकाको सिफारिसमा आफू निमितको जिम्मेवारी नपाएको प्रस्ट पार्नु हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा स्थानीय सरकार संचालन एन २०७४ तथा प्रचलित नियम कानुनको परिधी भित्र रहेर काम गर्नेमा बिस्वस्त हुन संबंधित सवैलाइ आग्रह गर्नु भएको छ ।
बिगत केहि दिन देखि सामाजिक सन्जालमा आफुले आइफोन लिएको देखि आइफोन बाडेको लगायत भ्रामक , कपोलकल्पित कुरा आएकोमा आफू स्तबध भएको गुनासो गर्द सत्य तथ्यमा आधारित भएर लेखी दिन सरोकारवालालाई आग्रह गर्नु भएको छ ।
देशको आर्थिक अवस्था जटिल मोड्मा रहेको जसकारण संघीय सरकार बाट आउने राजस्व बाडफाडको रकम बाट कर्मचारीको तलब ब्यवस्थापन समेतमा धौ धौ परि रहेको अवस्थामा महगा सर समान ,भडकिला बस्तु खरिद कार्य सम्भव समेत नरहेको बताउनु भएको छ ।
रौतहट रहुन्जेल या सेवा अवधिको क्रममा जहाँ गए पनि नियम कानुन टेकेर नै काम गर्नेमा बिस्वस्त हुन जोड दिनु भएको छ ।
स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीको सरकार रहेको र जनता बाट प्रत्यक्ष निर्वाचित सरकार प्रमुखको नीति निर्देशन तथा रेखदेखमा कार्य सम्पादन गर्नु आफू कार्यालय प्रमुखहरुको मुख्य दायित्व रहेको र त्यसै अनुरुप कार्य सम्पादन गरि रहेको दावी गर्नु भएको छ ।

spot_img

लोकप्रिय