मोजिबुल्लाह कार्तिक २१ गते ।। जिल्ला प्रहरी कार्यालय रौतहटले छठ पर्वलाई लक्षित विशेष सुरक्षा योजना तयार पारेको छ।
छठ पर्वलाई सुरक्षित रुपले सम्पन्न गर्नका लागि विशेष सुरक्षा योजना बनाएर लागू गरिएको रौतहट प्रहरीले जनाएको छ ।
भिडभाड हुने स्थानमा पर्याप्त जनशक्तिको परिचालनका साथै सीसीटीभी क्यामराबाट ‘मोनिटरिङ’ ( निगरानी गरिने रणनीति तय गरिएको रौतहट प्रहरीको भनाइ छ । प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार यो पर्वलाई मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वमा हुने विभिन्न आपराधिक घटना, चोरी डकैती लगायतलाई मध्यनजर गर्दै सुरक्षित हिसावले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न व्यापक प्रहरी परिचालन गर्ने तयारी गरिएको उनको दाबी छ । उनका अनुसार रौतहट प्रहरीले छठ पर्वका लागि मात्रै ७०० जना प्रहरी परिचालन गर्ने खाका तयार पारिएको छ। त्यसको अलावा आवश्यक परेको खण्डमा प्रहरी जनशक्ति थप गरी सुरक्षा चुस्त बनाउने रणनीति तयार पारिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।
यसैगरी ट्राफिक प्रहरी, छठघाट व्यवस्थापन समिति, नागरिक अगुवा, स्वयंसेवकहरु समेत नागरिकको जिउधनको रक्षा गर्न खटिने रौतहट प्रहरीले बताएका छन् ।
छठ पर्व तराईको सबै भन्दा ठूलो पर्व हो। सबै भन्दा आस्थाका साथ मानिने जिल्ला प्रहरी कार्यालय रौतहटले भएकाले यो पर्वको वेग्लै महत्व छ । त्यसकारण छठ पर्वका अवसरमा जिल्लाका नदी किनारा तथा पोखरीस्थितका घाटहरु बेहुली झै सिंगारिने काम भइरहेको छ ।
एक विवरण अनुसार जिल्लाका विभिन्न पालिकाहरुमा घाटमा पूजाका लागि तयारी जोडतोडले भइरहेका छन् । यसवर्ष रौतहटको जिल्लाभर झण्डै ५०० छठघाट निर्माण गरी पूजाको तयारी भइरहेको रौतहट प्रहरीको अभिलेख छ। प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार जिल्लाभर गरी ५०० सय ठाउमा छठ घाट तयारी पारिएको छ । १८ वटै पालिकाहरुमा गरी उक्त सङख्यामा घाटहरु सिंगारिने काम भइरहेको छ। जसमध्ये सबैभन्दा ठूलो रौतहटको विभिन्न पोखरी रहेको बताइएको छ नदि , पोखरीस्थित घाटमा लाखौं भक्तजनहरु आउने गर्दछन्। यसलाई मध्यनजर गर्दै उक्त घाटलाई दुलही झै सिंगारिएको छ। यहां सिसिटीभी क्यामराबाट ‘मोनिटरिङ’बाट सबैको निगरानी तयारी रहेको उपरीक्षक घिमिरे बताउँछन् ।
यसैगरी लालाबकैया टिकुलिया , गौरको बरहवा ताल , सिर्सिया, औरैया , कुडिया , बडरवा , लौकहा , सवनपुर लगायत गरी जिल्लाभर ५०० वटा छठघाटहरु तयारी भएका उनले जिकिर गरे ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरू हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्धय दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।
कार्तिक शुक्ल पञ्चमीका दिन वर्तालुले सखर, घिउलगायत शुद्ध खाय पदार्थवाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ। वर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन वेलुकी अस्ताउँदो सूर्यलाई अघ्य दिन्छन् ।