रौतहटको राजदेवी नगरपालिका ९ ब्रम्हपुरीबाट हतियारसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
रौतहटको राजदेवी नगरपालिका ९ ब्रम्हपुरीस्थित संजिव सिंहको पसलमा सोमवार बिहान २ बजेको समयमा चेकजाँच गर्दा अवैध कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईले जनाएको छ।
पक्राउ पर्नेमा भारत बिहार समस्तीपुर खैदी वडा नम्बर ५ घर भई हाल सोही मदिरा भट्ठी पसलमा बस्दै आएका ४२ वर्षीय राजेश सिंह रहेका छन्।
उनको साथबाट एक थान नलकटुवा पेस्तोल, सोमा लाग्ने ८ एमएमको तिन थान गोली, ८ एमएमको एक थान पड्केको गोलीको खोका, एक थान मोबाइल बरामद गरेको एसपी हुमागाईले जनाएका हुन ।