इशनाथ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गुप्ता अनुगमनमा सकृय

पछिल्लाे समाचार

रौतहट १३ ।। रौतहटको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले कार्यभार सम्हाले देखि पालिका सुशासनको बाटो अपनाएको छ । पालिकाले गर्ने भौतिक निर्माण कार्यमा पारदर्शिता सङै शिक्षा, स्वास्थ्यमा समेत ध्यान दिन अपरिहार्य रहेको बेला प्रमुख प्रशासकिय अधिकृत गुप्ताले बिद्यालय अनुगमन , स्वास्थ्य संस्था अनुगमनलाई समेत तिब्रता दिएका छन । पालिका तथा वडामा कार्यरत कर्मचारीलाई समेत सुक्ष्म तरिकाले निगरानी गर्दै नियुक्त सवै कर्मचारीलाई जिम्मेवारी अनुसारको काममा लगाएका छन ।
स्थानीय भएको नाताले आफ्नो पालिकामा रहेको आधरभुत आवस्यकताको बढी पहिचान रहेको र त्यस्ता कुराको सम्बोधन गरि पालिकालाइ चुस्त दुरुस्त बनाउने कार्यमा नगर प्रमुख लगायत कार्यपालिका सदस्यहरुको सकारात्मक सहयोग रहेको प्रमुख प्रशासकिय अधिकृत गुप्ता बताउनु हुन्छ ।
नगर प्रमुख कौशल्या देविको प्रत्यक्ष निर्देशनमा आफुले आफ्नो कार्य सम्पादन गरि राखेको तथा आफू सदैव पारदर्शिता तथा सुशासनको पक्षमा खडा उत्रने कुरा प्रमुख प्रशासकिय अधिकृत गुप्ता बताउनु हुन्छ । हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्व पछि बिकास निर्माणका कार्य तिव्र गतिमा अगाडि बढने बताउनु हुँदै प्रमुख प्रशासकिय अधिकृत गुप्ता हरेक खरिद इबिडिङ मार्फत गरिने , उपभोक्ता समिती गठन गर्दा समेत पारदर्शी गरिने साथै कामको अनुगमन पश्चात् मात्र भुक्तानी हुने बताउनु हुन्छ ।
नगर प्रमुख स्थानीय सरकार प्रमुख् रहेको र सरकार प्रमुख भाडाको गाडीमा चढदा आफ्नै मानहानी भएको महसुस गर्दै सरकारी नम्बर प्लेटको गाडी नगर प्रमुख चढने ब्यवस्था मिलाएको बताउनु हुँदै प्रमुख प्रशासकिय अधिकृत गुप्ता नगर प्रमुखको प्रत्यक्ष निर्देशनमा रहेर पारदर्शी रुपमा तोकिएको जिम्मेवारी पूरा गर्नेमा ढुक्क हुन संबंधित सवैलाइ आग्रह गर्नु भएको छ । रौतहट एक्सप्रेस सङ कुरा गर्नु हुँदै प्रमुख प्रशासकिय अधिकृत गुप्ता आफू बोलाइमा हैन काम गरेर देखाउने र नगर प्रमुख लगायत जनप्रतिनिधिको योजना , बिकासका गतिबिधिमा आफू सदैव सहयोगी रहने बताउनु भएको छ ।

spot_img

लोकप्रिय