रौतहटको सशस्त्र प्रहरीले हतियारसहित दुई जनालाई गरे पक्राउ

पछिल्लाे समाचार

रौतहट ।। रौतहटमा हतियारसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको गुजरा नगरपालिका-३ बाट सशस्त्र प्रहरीले शुक्रबार साँझ हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुजराको धनसर सिमरी गेट नजिकैबाट प्रहरी टोलीले ज ४ प ९०५८ नम्बरको प्लाटिना मोटरसाइकल जाँच गर्ने क्रममा हतियार तथा गोलीगठ्ठासहित दुई जनालाई नियन्त्रणमा लिएको सशस्त्रका प्रहरी उपरीक्षक बिक्रम हुमागाईंले बताए । पक्राउ पर्नेमा कटहरिया-३ का २६ वर्षीय कमोद राम चमार र ४४ वर्षीय नेमलाल साह बनियाँ रहेको एसपी हुमागाईले बताए । सुरक्षाकर्मीले उनीहरुको साथबाट कटुवा पेस्तोलसहित ३ राउण्ड गोली, मोबाइल फोन र मोटरसाइकल बरामद गरेको जनाइएको छ । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको वहाँले बताए ।

spot_img

लोकप्रिय