ईशनाथमा नवजीवन पोलिक्लिनिक सनिवारदेखि सञ्चालनमा

पछिल्लाे समाचार

मो.मोजिबुल्लाह रौतहट २०८१/ ०६/२८ गते ।। रौतहटको ईशनाथ नगरपालिका वाड नम्बर २ मा नवजीवन पोलिक्लिनिक सनिवारदेखि सञ्चालनमा आएको छ ।

एमबीबीएस डा.उदय सिंहाले सञ्चालनमा ल्याएका नवजीवन पोलिक्लिनकको उद्घाटन गर्दै पुर्व शिक्षा सचिव डा.राम सवरूप सिंहा र नगर प्रमुख कौशलिया देवीले यहाँ आधुनिक उपकरण सहितको मेशिन भएकोले रिजल्ट पनि राम्रो आउनेमा विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहका प्रमुख अतिथि पुर्व शिक्षा सचिव सिंहाले चिकित्सकहरुले कुनै पनि बिरामीको उपचार राम्रो गर्दा महत्वपूर्ण आधार हुने हुँदा गम्भिर भएर काम गर्न सुझाएका थिए । यस नवजीवन पोलिकिलनिका डा.उदय सिंहा अनुभवि भएको कारण सेवाग्राहीहरुले ढुक्क भएर सेवा लिन सक्नेमा जोड दिएका थिए । करिब १० वर्ष देखि डाक्टर क्षेत्रमा अनुभव बटुलेका डा.सिंहा सदरमुकाम गौर होस्पिटलमा लामो समय देखि काम गर्दै आएका थिए ।

यश किलनिकमा OPD सेव ,हाड जोरनी तथा नासा रोग बिसेसज्ञ ,महिला तथा प्रस्तुति रोग बिसेसज्ञ ,बाल रोग बिसेसज्ञ ,फार्मेसि , लैब ,अलटरासाउनड , ईसिजी , कान नाक , घाटी रोग बिसेसज्ञ , छाला रोग तथा योन बिसेसज्ञ , लगायतको जाँचहरु भईरहेको संचालक सिंहाले बताए । बजारको अन्य ल्याबहरु भन्दा सस्तो, भरपर्दो र गुणस्तरीय सेवाहरु आफूले दिने सिंहाले बताए ।

उद्घाटन समारोहमा क्लिनिकमा सेवा दिने एमबीबीएस डा.उदय सिंहा , डा. सदरे आलम , डा. दिनेस साह , डा. निरज सिंहा, लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

spot_img

लोकप्रिय