राष्ट्रिय मुक्ति क्रान्ति नेपाल को पर्सा जिल्ला संयोजकमा राजेश साह

पछिल्लाे समाचार

असोज १५ वीरगंज ।। राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको मंगलबार बसेको बैठकले ७७ वटै जिल्लाको संयोजकहरु मनोनित गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले ७७ वटै जिल्ला संयोजकहरु मनोनित गरिएको मंगलबार जारि विज्ञप्तिमा जनाइएको छ ।

मधेश प्रदेशको पर्सा जिल्लामा राजेश साह , सिरहामा सत्यनारायण साह, सप्तरीमा दिपेन्द्र चौधरी ,धनुषामा राजेश चौधरी राजु, महोत्तरीमा अवधेश प्रसाद, सर्लाहीमा बिनोद साह, रौतहटमा अवधलाल राय, बारामा अमरदेव यादवलाई संयोजक तोकिएको पार्टीका अध्यक्ष महतोद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।

सोही बैठकले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट पीडित भएका आमजनतालाई तन, मन, धनका साथ दुखको घडीमा सहयोग गर्न आग्रह गर्ने निर्णय पनि गरेको विज्ञिप्तमा उल्लेख छ ।

spot_img

लोकप्रिय