बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आलम रौतहटमा

पछिल्लाे समाचार

रौतहट ।। पछिल्ला केहि दिनबाट सुरु भएको बाढी पहिरो प्रभावित भएको रौतहटको क्षेत्र नम्बर २ को अवलोकन गर्नका लागि सांसद प्रत्यासी मो.फिरदोस आलम बनजहरा ,बैरियन, राजपुर डमार, तेजापाकड ,जिङडवा ,लक्ष्मिनिया ,पुगेका छन्। सांसद प्रत्यासी आलमले आजै रौतहट क्षेत्र नम्बर २ मा अवलोकन गरी सगैं नदि नियन्त्रणका हाकिम लाई लिएर क्षति गर्श्त भएको ठाउमा अवलोकन गर्नुभएका हुन ।

सांसद प्रत्यासी आलमले बाढीपहिरो बाट बाद कटान गरेको प्रतेयक ठाउँ ठाउँको क्षेत्रमा पुगी अवलोकन गर्नु भएका हुन ।

अवलोकन गर्ने टोलीमा नदि नियन्त्रणको हाकिम मो.एखलाख,राजपुर नगरपालिकाको मेयर मो.राजिक आलम,तरूण दलका केन्द्रीय सदस्य मो.नौसाद आलम , नेपाली कांग्रेसका क्षेत्र नम्बर २ क का सभापति लाल बिहारी साह , पार्टीको युवा नेता लगायतहरू उपस्थिति रहेका छन्।

सांसद प्रत्यासी आलमले क्षेत्रको विभिन्न ठाउँमा भइरहेको राहतका कामबारे पनि जानकारी लिनेछन्। त्यस्तै उनले क्षेत्रका सबै सरकारी संयन्त्रलाई उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा लाग्न निर्देशन दिएका छन्। त्यस्तै उनले पुल भत्किएपछि सम्बन्धविच्छेद भएका ठाउँमा अस्थिाई पुल निर्माण गराउन पहल गर्ने छन्

spot_img

लोकप्रिय