राजपुरमा डायरिया बिरामीको संख्या बढ्दै

पछिल्लाे समाचार

रौतहट जिल्लाको राजपुर नगरपालिकामा डायरिया को बिरामीको संख्या बढ्दै गएको छ । गएको बुधवार एक जनाको बिरामी भएको राजपुर नगरपालिका वड़ा नम्बर ४ र ३ को बिरामीको संख्या बढ्दै गएको हो । राजपुर नगरपालिकामाँ रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ४ दिनमा डायरियाको बिरामीको संख्या ५९ पुगेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको इंचार्ज मीनाजु रहमानले डायरियाको बिरामीको संख्या ५९ पुगेको जानकारी दिएका छन ! प्रारंभिक रुपमा डायरियाको लक्षण देखिएका ५९ बिरामीको उपचार प्राथमिक स्वास्थ्य केन्द्रमा भई रहेको जानकारी गराएका छन । सबै भन्दा बढ़ी बिरामी राजपुर नगरपालिका वड़ा नम्बर ४ का रहेका छन ! वड़ा नम्बर ४ मा ५५ जना बिरामी रहेका छन भने वड़ा नम्बर ३ मा ३ जना र वड़ा नम्बर ७ का १ जना बिरामी रहेका छन । डायरियाको संक्रमण बढेको बिषयमा प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज रहमानले सरसफाईकोको कारण यस्तो अवस्था सृजना भएको बताएका छन । प्राथमिक स्वास्थ्य केन्द्रमा आएका बिरामीको उपचार गंभीरता पूर्वक भई रहेको बताउँदै इन्चार्ज रहमानले नमूना संकलन गरी प्रादेशिक अस्पताल गौर र मधेश प्रदेशको प्रयोगशाला जनकपुरमा परिक्षणको लागि पठाइएको उनले बताए । डायरिया संक्रमित भएर उपचारको लागि प्राथमिक अस्पताल राजपुर नगरपालिकाका नगर प्रमुख डा मो.राजिक आलमले प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुले राम्रो संग हेरचाह गर्दै छ नगर प्रमुख डाक्टर राजिक आलमले जनताको स्वास्थ्यको सवालमा कुनै किसिमको समझौता नगर्ने बताएका छन ! नगरपालिकामा भएको संक्रमणको बिषयमा गहन रुपमा छानविन अनुसन्धान गरी बास्तविक्ता पता लगाउन निर्देशन समेत दिएको उहाले जनाए । प्राथमिक स्वास्थ्य केन्द्रमा चाहिने आक्सीजन , जीवन जल , सलाइन पानी लगायतको औषधि उपलब्ध रहेको समेत प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।

spot_img

लोकप्रिय