राष्ट्रिय शैक्षिक गुणस्तरका लागि पालिकाको पहल, विद्यालयहरुको छड्के अनुगमन

पछिल्लाे समाचार

रौतहट / रौतहटको ईशनाथ नगरपालिकाले विद्यालयहरुकाे छड्के अनुगमनकाे थालनी गरेकाे छ । ईशनाथ नगरपालिका अन्त्रगत डुमरिया (प) मा रहेका श्री जनता माध्यमिक विद्यालयमा मंगलवार छड्के अनुगमन भएको हो ।

विद्यालयकाे नियमित पठन पाठनको अवस्था, बालबिकास देखि कक्षा १० सम्मका विद्यार्थीहरुको दिवा खाजाको गुणस्तर, भाैतिक पुर्वाधारको अवस्था र सरसफाइ युक्त वातावरण लगाएत समग्र बिद्यालयका अवस्थाका सूचकहरुमा छड्के अनुगमन गरिएको पालिकाको प्रमुख प्रशासकीय अधिकृ नन्दकिशोर गुप्ताले बताउनुभएको छ ।

अनुगमन श्री जनता माध्यमिक विद्यालयमा विद्यार्थीहरुकाे ७०% उपस्थिति रहेकाे प्रमुख प्रशासकीय अधिकृत गुप्ताले जानकारी दिनुभयो ।

विद्यालयमा भए गरेकाे अनियमितताको अन्त्य गर्न, दिवा खाजा सञ्चालन र ब्यवस्थापनलाई प्रभावकारी बनाउन र समग्र शैक्षिक वातावरण सुधार गर्न छड्के अनुगमन गर्न थालिएको अधिकृत गुप्ताले बताएको छ ।

अनुगमन शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख निरंजन सिंहा लगायतले गर्नुभएको थियाे । विद्यालयमा अनुपस्थित रहेका शिक्षकहरुलाई पालिकामै उपस्थित भै स्पष्टीकरण दिन समेत भनिएकाे प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिनुभयो ।

spot_img

लोकप्रिय