कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वाहिद अली उर्फ फुलबाबुलाई जिल्ला अदालत बाट पाँच दिनको म्याद थप

पछिल्लाे समाचार

रौतहट , १७ गते ।। आफूलाई समाजसेवी बताउने चन्द्रनिगाहपुरका सेख वाहिद अली उर्फ फुलबाबु पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाको टोलीले फुलबाबुलाई शनिवार सांझ चन्द्रनिगाहपुरबाट पक्राउ गरेको थियो।

देवाही गोनाही नगरपालिका वाड नम्बर १ करूनिया निवासी र चन्द्रनिगाहपुरमा वसोवास गर्ने फुल बाबुलाई हत्या अभियोगमा गरुडा प्रहरीले पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार गरुडा प्रहरी र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले फुलबाबुलाई पक्राउ गरेर गरुडा लगेको हो।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका फुलवावुलाई पक्राउ गरेर गरुडा लगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका
डिएसपी राईले जानकारी दिएका छन्।

पक्राउ परेका फूलबाबू विरुद्ध विभिन्न उजुरीहरू रहेको बुझिएको छ ।

उनले आफ्नो गाउँ करुनियादेखि चन्द्रनिगाहपुरका विभिन्न स्थानका सर्वसाधारणको जग्गा पास गरेर मिटर व्याजीमा पैसा लगाउने गरेका थिए। सर्वसाधारणलाई अदालत तथा विभिन्न स्थानमा उजुरी दिएर फसाउँदै आएका फूलबाबु अन्ततः आफै फसेका छन्। मिटर व्याजीका नामले समेत चन्द्रपुर नगर क्षेत्रमा परिचित रहेका फूलबाबुद्वारा पीडितहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा उनी विरुद्ध मिटर व्याजीको दर्जनौ उजुरी समेत दिए‌का थिए।

चन्द्रनिगाहपुरबाट पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको प्रहरीले जनाएको छ ।

spot_img

लोकप्रिय