नगर प्रमुख आलमद्वारा किसानहरुको लागि सराहनिय कृषि मिटर महशुल निःशुल्क गर्ने निर्णय

पछिल्लाे समाचार

रौतहट भाद्र १० । आकाशे वर्षाको भरमा हुने खेतिपाती प्रभावकारी नभई किसानहरुले कृषि मिटर लिई गर्दै आईरहेकोमा कृषि मिटर लिई प्रयोग गरिरहेको दिन देखि २०८१ श्रावण मसान्तसम्मको कृषि मिटरको महशुल राजपुर नगरपालिका नगर प्रमुख डा मो. राजीकआलमले तिर्ने निर्णय गरेको छ । कृषि प्रधान देश भनी चिनाउने देशमा कृषि सम्बन्धि विभिन्न किसिमका आईरहेको समस्या मध्ये सिचाई पनि एउटा मुख्य समस्या रहेकोमा राजपुर न.पा. अन्तर्गतका किसानहरुलाई दुःखमा मलहम झै काम गर्ने निर्णय नगर प्रमुख #डामोराजीकआलमले गर्नु भएको छ ।


कृषि सिचाईका लागि वडा नं.३, ४, ५, ८ र ९ पोल तार जडान भएको तथा बाँकी रहेको वडामा यसै वर्ष पोल तार जडान गरी छिटै नै सुचारु गर्ने नगर प्रमुख #डामोराजिक_आलमले बताउनु भएका छन् ।
उक्त कृषि विद्युत मिटर महशुल तिर्ने कार्यलाई निरन्तरता दिईने तथा किसानहरुलाई कृषि खेतीपातीमा प्रत्यक्ष टेवा पुग्ने गरी कार्यक्रम योजना संचालन गर्ने कुरा समेत नगर प्रमुख आमलले बताउनु भएका छन् ।

spot_img

लोकप्रिय