रौतहट १३ आशिन ।। रौतहट जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन ।
राैतहट बसाई कस्तो रहेको छ ?
राैतहट आएको सय दिन मात्र पुगेको छ । यश अबधिमा हामीले के के गरयाै भर्खरै सार्वजनिक गरेका छाै । अपराध अनुसन्धान लगायतका जति पनि गतिविधि छ सार्वजनिक गरिएका छन । नेपालमा सब भन्दा मुस्लिम बसाेबासकाे हिसाबले , शिक्षा स्वास्थ्य राेजगारकाे हिसाबले चुनाैति छ । जिल्लाका कुनकुन कुरामा काम गर्नु परेको छ । त्यसमा काम गरे पछि रिज्लट पनि देखिएका छन ।स्वच्छ निश्पक्ष दवाव रहित सेवा मलाई लाग्छ नागरिक स्तर सम्म पुगेको लाग्छ । आएका चुनाैतिलाई सहर्ष स्विकार्दै चुनाैतिको सामना गरेर आगाडी बढेको छु ।
राैतहटको बारेमा जतिको बाहिर प्रचार भएको छ यथार्थमा सकारात्मक नाकारात्मक के पाउनु भयो ?
तराईको जिल्लामा मैले केही समय धनुषा र बारामा बसेर काम गर्ने अवसर पाएको छु । राैतहटको बारेमा जुन किसिमको बाहिर बुझाई छ । जिल्लामा आई सके पछि त्यतो लाग्दैन । त, केही चुनाैति पकै पनि छन । राैतहटमा केही मिडियाकर्मि साथीहरूले समाचार सम्प्रेषण गर्ने अवस्थामा सत्य तथ्य नबुझी भएको भन्दा फरक किसिमले समाचार सम्प्रेषण गर्दा समस्या हुने गर्दछ । जस्तो उदाहरणको लागि कसैको श्रीमान श्रीमतिको झगडा भयो भने शान्ति सुरक्षा संग जोडेर समाचार सम्प्रेषण गरिन्छ ।
शान्ति सुरक्षा के हो भने विना कुनै कारण व्यक्तिको हत्या हुन्छ त्यसलाई शान्ति सुरक्षा संग जोडन सकिन्छ । राैतहटमा भएका राम्रा कुरा मिडियामा आउदैन । नेगेटिभ कुरा बढि प्रचार प्रसार हुने गरेका कारण बाहिरबाट थ्रेटभएको , सुरक्षा चुनाैति भएको जिल्लाको रुपमा देखिन्छ । मैले यहाँ आएर करिब सय दिनकोअवधिमा के महसुस गरे कि बाहिर बाट बुझेकाे जस्ताे राैतहट छैन । भित्रबाट एकदम समान्य छ ।अहिलेका केहि घटना क्रमलाई हेर्ने हाे भने ठुल्ला किसिमका प्रहरीले सुरक्षा चुनाैति हुने खालका घटना घटेको छैन ।ठुलो चुनाैति तथा नाकारात्मक रुपले सोचनु पर्ने अवस्था अहिले सम्म आएको छैन ।
पुलिस हेड क्वाटरमा अतिरिक्त कमाई हुने ठाउको रुपमा राैतहटलाई लिने गरेको सुनिन्छ तपाईंलाई हेड क्वाटरले कुन रुपमा व्यवहार गरि रहेका छन ?
:—आर्थिक प्रलोभनमा परेर काम गर्ने नियत भएका मानिसलाई पैसा कमाउन तराईमा आउनु पर्दैन । जहा पनि पैसा कमाउन सक्छन ।तराईको जिल्लामा भारतसंग सिमाना जोडिएको भन्सार छलि चोरी हुने ठाउ भएको हुनाले यहाँ आउनेको नियत खराब हुन सक्छन । त्यस हिसाबले बुझन सकिन्छ । यसमा मेरो पहिलो प्राथमिकता के थियो भने आर्थिक प्रलोभनमा नपर्ने । म आएको सय दिन भएको छ । यश अवधिमा कुनै पनि रुपले आर्थिक प्रलोभनमा परेको छैन ।तस्करी ,मुद्दा मामिला वा गिट्टी वालुवा होस । कुनै पनि काम आर्थिक प्रलोभनमा परेर गरेको छैन । फल स्वरुप त्यसको रिजल्ट पनि दिन थालि सकेका छन ।
हाम्रो मुख्य दायित्व नै त्यस्ता गतिविधि न्युनिकरण गर्नु हो ।सतप्रतिसत राेक्न त गाह्राे होला । तर कार्यालय प्रमुखले चाहे भने त्यसलाई कति हद सम्म नियुनिकरण गर्न सक्छन । ती कुरालाई राेकनका लागि हामिले भन्सार चाेरी तस्करीका समान समातेको परिणाम तथा भन्सारको राज्शव वृद्धिबाट सजिलै अनुमान लगाउन सकिन्छ ।
सय दिने रिपोर्टमा सफल अनुसन्धानका घटनालाई बढि हाईलाईट गर्न खाेजिएको छ । सफल अनुसन्धान भनेर के बुझने? यसमा उल्लेख भए जति सफल बाकीको हकमा के बुझ्ने ?
जघन्य प्रकृतिका कर्तव्य ज्यानका धटनाहरुलाई बढी महत्त्व दिईएको छ । अरु घटना भाेलिका दिनमा करेक्सन हुन सक्छन । तर ज्यान गई सके पछि करेकसन हुने वा क्षतिपूर्ति पाउने सम्भावना रहदैन । त्यस हिसावले कर्तव्य ज्यानको घटनालाई सिरियस रुपमा लिने गरिन्छ ।
यश आर्थिक वर्षमा भएका त्यस प्रकृतिका सवै घटना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छाेे ।धटनाकाे बारेमा सबै कुरा बाहिर आई सकेका छन । संलग्न व्यक्ति पक्राउ परि सकेका लाई सफल अनुसन्धान भन्छाै ।
न्याय सम्पादनको हिसाबले निर्दोषलाई नफसाउ भन्छन तर हाम्रो यहाँ जाहेरी र पिडितको कथित वयानको आधारमा दर्जनाै निर्दोष व्यक्ति उपर मुद्दा दर्ता गरेर फसाएको छु जस्तो महसुस हुदैन ?
:- मैले महसुस गरेको र तपाईं ले बझेको कुरा एकदम सहि हो । यश प्रश्नका लागि धन्यवाद । तराईमा कुनै पनि घटना हुदा अधिकांश केशहरुमा रिस उठेका सबै व्यक्तिको नाम जाहेरीमा राख दिने चलन समान्य भएको छ । उदाहरणका लागि कुनै विवाहित महिलाले आत्म हत्या गरे भने त्यसमा उसको श्री मानको साथ साथै सासू ससुरा , देवर,देवरानी जेठाजु,जेठानी नन्द लगायत घर भरी सबैको नाममा मुद्वा हाल्ने प्रचलन छ ।
त्यसमा मेरो पहिलो प्रयास के हुन्छ । तपाईले बुझे जस्तै मेरो ध्ये के हन्छ कि सयाै अपराधी प्रमाण अभावमा छुटाेस तर एउटा पनि निर्दोष मानिस न फसोस । जाहेरीको भरमा निर्दोष व्यक्तिलाई फसाउने काम नहोस । तर यहाँ चेतना कम भएका समुदायहरु पनि छन । यहाँ सासद भएको नगर प्रमुख भएको व्यक्ति को दवाव मुद्दा चलाउनैका लागि आउने गर्द छन । कन्भिन्स गर्दा पनि हुदैन त्यसपछि प्रहरीको दायित्व के हुन्छ कि जाहेरी परि सके पछि जे जसको नाममा आएको छ । जाहेरी दर्ता गर्ने र प्रहरीले प्रारम्भिक अनुसन्धानमा जे देखेकाे छ। काे संलग्न छ छैन त्यसै अनुसार प्रकृया वढाउने गरिएको छ। आदालतले जसको नाममा पक्राउ पुर्जी जारी गर्दछ त्यसलाई हामीले पक्राउ गरेर मुद्दा अगाडि वढाउने गरिन्छ ।
कुनै पनि निर्दाेष व्यक्ति विना कुनै कसुर एक घन्टा पनि प्रहरीको थुनामा न परोस भनि हिसाबले हामी काम गरि रहेका छाै ।-महिला तथा वाल वालिकाको क्षेत्रमा बढी काम भएको रिपोट छ तर जिल्ला प्रहरी राैतहटमा भिडभाड अचेत आएको बढी उजरी वहाहरु केै बढी छ । यसलाई यहाले कुन रुपमा लिनु भएको छ ? यहाँ दर्ता भएका अन्य मुद्वामा निराकरणमा त्यति प्रगति किन भएन?
महिला बाल वालिका अत्यन्तै सम्वेदनशिल हुन्छन । महिला र बाल वालिकालाई