चन्द्रपुर, ३१ असार । मधेश प्रदेश सरकारबाट कार्य सम्पन्न भएका तथा सम्पन्नकै क्रममा रहेपनि जिल्ला पूर्वाधार विकास कार्यालयका लेखा अधिकृतले कमिशन लिएर मात्रै चेक दिईरहेको गुनासो सेवाग्राहीको छ ।
चन्द्रपुर स्थित एक होटलमा बसेर लेखा अधिकृत सुदिप गौतमले विभिन्न उपभोक्ता समितिहरुको चेक आफै संग राखेर त्यही बोलाई कमिशन दिनेलाई मात्रै चेक दिइरहेको पिडितहरुले बताए ।
चन्द्रपुरको उक्त होटलमा रहेका हाम्रा श्रोतले दिएका जानकारी अनुसार पूर्वाधार विकास कार्यालयमा बसेर चेक वितरण गर्नुपर्नेमा त्यसो नगरी महिला कर्मचारीलाई राखेर कमिशनको भरमा चेक दिइरहेको दाबी गरेका छन् ।
यस विषयमा लेखाअधिकृत सुदिप गौतम संग मोवाइलमा कल गर्दा उनले कल रिसिभ गर्नुभएन । जिल्ला स्थित सम्बध निकायको ध्यान जान जरुरी रहेको देखिन्छ । सभार तराई टोप