रड, छुरा प्रहार गरी मारिएको दुई जना पक्राउ

पछिल्लाे समाचार

असार २६/रौतहट ।। रौतहट ईशनाथ नगरपालीका वडा नम्बर -३ स्थित ईशनाथ नगरपालीकाको कार्यालय अगाडी रहेको आँपको बगैचामा ईशनाथ नगरपालिका वाड नम्बर ९ बस्ने कंयुम मियाँको छोरा बर्ष १७ को सहवाज मियाँलाई सोही बगैचाको रेखदेख गर्ने जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नम्बर -१ बौधा पतौरा घर भई हाल ईशनाथ नगरपालिका वडा नम्बर -३ स्थित आफनो मामा घरमा बस्ने भोज साहको छोरा बर्ष १८ को दशई साह र जिल्ला रौतहट ईशनाथ नगरपालीका वडा नम्बर -३ बस्ने मदन साहको छोरा बर्ष १९ को रोशन साहले रड तथा धारिलो हतियार छुरा प्रहार गरी कर्तव्य गरी मारी फरार भएकोमा घटनामा संलग्न रही फरार रहेका यी दुई अभिउक्त दशई साह र रोशन साहलाई खोजतलास गरी घटनामा प्रयोग भएको रड समेत बरामद गरी पक्राउ गरी घटना सम्वन्धमा प्रहरीले बुझदा मृत्तक सहवाज मियाँको आफनै भाई बर्ष १० को साबिर मियाँले घटनास्थल रहेको आप बगैचामा वारदात मितिको अघिल्लो दिन दिउसोको समयमा आँप टिपेको बिषयलाई लिएर साबिर मियालाई अभिउक्त दशई साहले कुटपिट गरेको देखि निजको दाई सहवाज मियाँले दशई साहसँग बादबिवाद गरी २।४ झापड हानेकोमा सोही बिषयको रिसिईवी लिई दशई साहले आफनो मिल्ने साथी रोशन साहसँग सहवाज मियाँलाई मार्ने योजना बनाई दुवै जनाले बारदात मिति समयमा घटनामा प्रयोग भएको रड र छुरा समेत साथमा लिई आप बगैचामा गई लुकिछिपी बसी सहवाज मियाँ घुमफिर गरी आँप बगैचामा दिशा पिसाव गर्न गएको मौका पारी दशई साहले आफु भएको ठाउँमा स्थानमा निज सहवाज मियाँलाई बोलाई अचानक २।४ चोटी टाउको र अनुहारमा आफुसगँ बोकेको फलामको रड प्रहार गरे पश्चात सहवाज मियाँ भुईमा लडेपछि अर्का प्रतिवादी रोशन साहले निजलाई आफुसँग बोकेको छुराले पेटमा दुई पटक छुरा प्रहार गरी घटनास्थलमा नै सहवाज मियाँलाई कर्तव्य गरी मारेको भन्ने प्रहरीको अनुसन्धानमा आएको हुदाँ घटनामा संलग्न रही पक्राउ परेका यी दुई अभिउक्त दशई साह र रोशन साहलाई कर्तव्य ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत रौतहटबाट म्याद अनुमती लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलिप घिमरेले पत्रकार समेलन गरि जनाएका हुन ।

spot_img

लोकप्रिय